भद्रपुर ११ असोज । २०८२ को विजया दशमी , दिपावली, छैठ तथा ईद पर्वको पूर्व सन्ध्यामा निवृत राष्ट्र सेवक समाज जिल्ला कार्य समिति तथा समाज कचनकवल गाउ समितिको संयुक्त आयोजनामा शुभकामना अदानप्रदान सम्पन्न गरिएको छ ।
लक्ष्मी क्याम्पस बनियानीमा सम्पन्न कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय सदस्य मुक्तिनाथ दाहालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दाहाल कार्यक्रमका विशेष अतिथि, समाज झापा अध्यक्ष ढाकालाल अधिकारी, सुरज भट्टराई, लक्ष्मी बस्नेत, चोलेन्द्र कार्की, धनलाल राजवंशी लगायतले मन्तव्य राख्दै चाडपर्वहरुले नेपालीको पहिचान उजागर गरेको धारणा राखे। कचनकवल समाजका अध्यक्ष डिल्ली राज नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन टिकादत अकेलाले गरेका थिए ।
निवृत्त राष्ट्र सेवक समाजद्वारा शुभकामना कार्यक्रम
