बिर्तामोड ३० भदौं । जेन्जीको नाममा भदौं २३ र २४ गते भएको आन्दोलनका क्रममा झापाका ९ वटा प्रहरी ईकाई पूर्ण रुपमा क्षति भएका छन् ।
आन्दोनलनका क्रममा चारवटा इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयसहित ९ वटा प्रहरी युनिट पूर्णरुपमा क्षतिग्रस्त हुँदा अरु १३ वटा प्रहरी युनिटमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार इलाका प्रहरी कर्यालय अनारमनी, दमक, सुरुङ्गा र पृथ्वीनगर इलाका प्रहरी कार्यालय पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै वडा प्रहरी कार्यालय भद्रपु।, प्रहरी चौकी ज्यामिरगढी, बिर्ताबजार, बिर्तामोडस्थित अस्थाई प्रहरी पोष्ट बसपार्क र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन पूर्ण रुपमा क्षति भएका हुन् ।
त्यसैगरी ५ वटा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीसहित १४ वटामा आंशिक क्षति पुगेको बताइएको छ । आशिक क्षति भएकामा इलाका प्रहरी कार्यालय बुधबारे, धुलावारी, काँकरभिट्टा, झिलझिले, बनियानी रहेका छन् भने प्रहरी चौकी बाघखोर, केर्खा, तोपगाछी, शनिश्चरे, चारआली र अस्थायी प्रहरी पोष्ट, इटाभट्टा प्रहरी बिट रहेका छन् ।
पूर्णरुपमा क्षति भएर विस्थापित भएका प्रहरी युनिटहरुमा तत्काल प्रहरी फर्कन सक्ने अवस्था नरहेको स्रोतको भनाई छ । आन्दोलनका क्रममा निशानामा पारेर प्रहरी युनिटहरु तोडफोड गर्ने, आगजनी गर्ने, प्रहरी माथि नै आक्रमण गरि विस्थापितको अवस्थामा पुर्याइएको ठाउँमा तत्काल प्रहरी फर्काउन कठिन रहेको प्रहरी स्रोतको भनाई छ ।
पूर्णरुपमा क्षतिग्रस्त प्रहरी युनिटलाई फर्काउनका लागि प्रहरी प्रधान कार्यालयको निर्णयपछि मात्रै फकाउन सकिने छ ।
आन्दोलनका क्रममा झापाका २२ वटा प्रहरी युनिटमा क्षति



















