HomeFeatured 2लुटिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाकाे आग्रह

लुटिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाकाे आग्रह

बिर्तामोड, ३० भदौ : भदौ २३ र २४ गते भएकाे आन्दाेलनका क्रममा लुटिएका सामग्री (फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप)लगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न बिर्तामोड नगरपालिकाले आग्रह गरेको छ।

आज सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो ।
नगरपालिकाले तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जनाएको छ।

नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको बताउँदै दु:ख व्यक्त गर्नुभयो। आज नगर अस्पतालमा बसेको नगर कार्यपालिकाको बैठकमा उहाँले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो।

प्रहरी प्रशासन अभावका कारण तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी टोल विकास समितिहरूलाई समूह बनाएर गस्ती गर्ने गरी व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ। यस्तै बैठकले आन्दोलनका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन दशैं र तिहारको बिचमा समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य प्रहरी चौकीहरू स्थापना गर्न आवश्यक सहजीकरण गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ।

नगरपालिकाले भवनमा आगजनी हुँदा भौतिक संरचना र महत्वपूर्ण कागजात नष्ट भएकाले तत्काल सेवा सुचारु गर्न नसकिने जनाएको छ। नगरले वडा कार्यालय सहितको क्षतिको विवरण संकलन कार्य भईरहेको जनाएको छ ।

भोलिदेखि नगरपालिका कार्यालयमा सरसफाइ कार्य सुरु गर्ने
नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी राजन लिम्बु, सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारीसहितको टोलीले आज क्षतिग्रस्त कार्यालयको निरीक्षण गरेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लुटिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाकाे आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img