Homeसमाचारदुर्घटनामा परी एककाे मृत्यु तीन घाइते

दुर्घटनामा परी एककाे मृत्यु तीन घाइते

बिर्तामोड १० भदौ । सुरूङ्गाबाट बिर्तामोड तर्फ आउदै गरेकाे पिकअप र विपरित दिशाबाट जाँदै गरेकाे मारूती भेन एकापसमा ठाेक्किदा एकजनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।

आज बेलुका ८ बजेर ४० मिनेटमा भएकाे दुर्घटनामा परी मृत्यु हुनेमा मे १ च ३४४० नं. को मारूती भेन भएपनि उनकाे नाम स्पष्ट भइनसकेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घाइते चारै जनालाई उद्दार गरि उपचारका लागि बिएण्डसी अस्पताल पुर्याउना साथ मारूती भेन चालकलाइ चिकित्सकले मृत घाेषणा गरेका थिए ।

प्रहरीका अनुसार घाइतेहरूमा पुनमदेवी उनकाे १४ वर्षीय छाेरा प्रसन्न र ९ बर्षीय छाेरी प्रिन्सा रहेकाे बताइएकाे छ ।

दुर्घटनामा संलग्न मे १ च ५४४६ नम्बरको पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका ८ का सुमन पाैडेलसहित पिकअप र मारूती भेन प्रहरीकाे नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुर्घटनामा परी एककाे मृत्यु तीन घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img