Homeविचारतीजको लोकमूल्य मान्यतालाई पछ्याउँ

तीजको लोकमूल्य मान्यतालाई पछ्याउँ

भाद्र शुक्लपक्षको तृतीयाको दिनभर महिलाहरूले असल पति पाउने र पतिको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै निराहार व्रत बसेर पूजाआजा, नाचगान र सामुहिक भेलामा रमाइलो गरी मनाउने एक धार्मिक विश्वास रहेको सांस्कृतिक पर्व हो तीज ।
यो समयमा विवाहित महिलाहरू माइतीघरमा जाने आफ्ना माइतीपक्ष र पुराना साथीसङ्गीहरूसँग भलाकुसारी गर्ने र व्रत बाहेकका दिनमा विभिन्न परिकारहरू बनाएर खाने प्रचलन रहिआएको छ । यसरी हेर्दा समाजमा नारीहरूको सामुहिक एकता चेली माइतीको सम्बन्धमा गाढापन र आपसी सद्भावको दीगो विकास भएको देखिन्छ ।
तीज पर्व नेपाली महिलाहरूको एउटा महत्वपूर्ण पहिचान बोकेको परम्परागत चाड भएको हुनाले यसलाई नेपाल र नेपालीको सांस्कृतिक, धार्मिक, पर्यटकीय एवम् सामरिक विकासको क्षेत्रमा एउटा मूल आधारको रूपमा लिन सकिन्छ । पछिल्लो समयमा तीज मनाउने पौराणिक परम्पराबाट अलिक भड्किलो भएको जस्तो लाग्न थालेको छ । रमाइलोको बहानामा पार्टी (भोज) गर्ने नशाजन्य खानेकुराहरू खाने, अर्धनग्न पहिरनहरू पहिरिने र प्रतिस्पर्धात्मक तरिकाले गहना लगायत श्रृङ्गारमा प्रस्तुत हुनुले केही विकृति भित्रिएको आभास हुन थालेको छ ।
लोक तथा परम्परागत गानाबजानाको ठाउँमा पश्चिमी शैलीको प्रयोग गर्न थालिएकोले केही विशृङ्खलता पैदा गरेको देखिन्छ । तीनचार दिनको यो विशेष पर्वलाई लामो समयसम्म मनाउने महिनौँ दिन लगाएर तीजको बहाना बनाइनुले आर्थिक भार हुनुको साथै आस्थामाथि विचलन आएको देखिन्छ ।
उल्लिखित बेथितिको अन्त्य गर्न महिलाहरू स्वयं जागरुक एवम् सचेत हुन जरुरी छ सभ्य तरिकाले आफ्ना पौराणिक र परम्परागत लोकमूल्य मान्यतालाई पछ्याउँदै निर्दिष्ट समयमा चाडको सदुपयोग गर्नु नै यसको समाधान हो ।
दीगो विकास र परम्पराको संरक्षण सम्बद्र्धन गर्नु हाम्रो पुस्ताको दायित्व पनि हो जसले पछिल्लो पुस्तासम्म पहिचान दिन सकोस् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारतीजको लोकमूल्य मान्यतालाई पछ्याउँ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img