Homeसमाचारब्रह्माकुमारी राजयोग बिर्तामोडको आयोजनामा भएको रक्तदानमा ११८ रगत संकलन

ब्रह्माकुमारी राजयोग बिर्तामोडको आयोजनामा भएको रक्तदानमा ११८ रगत संकलन

बिर्तामाेड ९ भदौ । विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारीका पूर्वमुख्य प्रशासिका राजयोगीनी प्रकाशमणि दादीको १८औं पुण्य तिथिमा ब्रह्माकुमारी राजयोग बिर्तामोड सेवा केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको छ ।
यही सन्दर्भमा ब्रह्माकुमारी राजयोग बिर्तामोड सेवा केन्द्रद्वारा सञ्चालित शनिश्चरे पाठशालामा भएको रक्तदानमा ३१ पिन्टसहित ११८ पिन्ट रगत संकलन भएको छ ।
ब्रह्माकुमारी बिर्तामोड सेवा केन्द्रकी सञ्चालिका रञ्जना दिदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाका अध्यक्ष विष्णु आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्णिमा दिदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन ………ले गरेका थिए भने सो अवसरमा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, ५ का वडाध्यक्ष रोहित प्रसाई लगायतको उपस्थिति रहेको थियो ।
ब्रह्माकुमारी राजयोग बिर्तामोडले सकारात्मक सोच तथा ध्यान मेडिटेशनका माध्यमले समृद्ध र स्वस्थ समाज निर्माणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारब्रह्माकुमारी राजयोग बिर्तामोडको आयोजनामा भएको रक्तदानमा ११८ रगत संकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img