काठमाडौं १ भदौं। जंगली च्याउ खाँदा रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीकी ७४ वर्षीया नर्मला वलीको मृत्यु भएको छ भने विरामी परेका उनका श्रीमान्को अस्पतालमा उपचार भइरहेको छ ।
गत साउन २७ गते जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान् ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए । स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।
उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ । भागीरामको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
जंगली च्याउ खादा श्रीमतीको मृत्यु, श्रीमान घाइते

































































































