बिर्तामोड १ भदाै । नेवा : पासा मुना पुच: ले बिर्तामोड नगर क्षेत्रमा प्रदर्शन गर्दै आएको लाखे नाच समापन गरेको छ ।
पासा मुना पुच: ले नेवा: छे भवनमा आज एक कार्यक्रमको आयोजना गरी लाखे नाच समापन गरेको हो।
पासा मुना पुच :ले लाखे नाच समापन सगै बिर्तामोड नगर भित्रका सामुदायिक र निजी विद्यालयका एस .ई,ई परिक्षा (२०८१) मा उत्कृष्ट अंक ल्याउने नेवा: समुदायका ४ जना बिधार्थीलाई सम्मान गरेको छ ।
सामुदायिक बिद्यालय मनमाया माविका रितु श्रेष्ठ, सौगात श्रेष्ठ ,निजी विद्यालय बाल्मिकी एजुकेशन फाउण्डेशनका खगेन्द्र श्रेष्ठ, र न्युटन एजुकेशन फाउण्डेशनका आर्या श्रेष्ठलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको हो।
त्यसतै कार्यक्रममा लाखे नाच तथा र्यालीमा निरंतर खटिएर सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न गराउन सहयोग पुर्याउने लाखे टिमका संरक्षक लक्ष्मी श्रेष्ठ, लाखे संयोजक प्रविण शाक्य,यम बहादुर श्रेष्ठ, अनमोल कर्मचार्य, लाखे रोजर श्रेष्ठ,सचिन खड्गी ,एनी श्रेष्ठ लगायत अन्य चालिस जना नानी बाबुहरुलाई सम्मान गरिएको छ।
प्रमुख अतिथि नेपाल भाषा अभियन्ता पुर्ण कृष्ण श्रेष्ठले लाखेको ईतिहास , प्रचलन,प्रकार, शुरुवात बारेमा जानकारी दिनुभएको थियो।
नेवा: पासा मुना पुच अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता र भाषा अभियन्ता पुर्ण कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुभकामना मन्तव्य सल्लाहकार दिपक प्रधान, तमु गुरुङ नगर समिति सचिव कुमार गुरुङ , लाखे संयोजक प्रविण शाक्य, सस्थापक सचिव कृष्ण उदास लगायतले राख्नु भएको थियो।
कार्यक्रममा पुर्व अध्यक्ष कृष्ण उदास ,चन्द्र कुमार राजभण्डारी, सल्लाहकार दिपक प्रधान, केशव कुमार ताम्राकार,भिम श्रेष्ठ, जयन्द्र उदास, रूद्र मणि श्रेष्ठ, ईलाम झापा मैत्री समाजका उपाध्यक्ष नरेश कर्मचार्य, नेवा मिसा पुच: अध्यक्ष निलम श्रेष्ठ लगायत मुना पुच :का सदस्यहरुको उल्लेख उपस्थिति रहेको थियो।
दास पुल स्थित भिमसेन मन्दिरमा विधिवत रूपमा पुजा आजा गरी नाग पञ्चमी देखि शुभारम्भ गरिएको लाखे नाच बिर्तामोड नगर भित्रका विभिन्न स्थान तथा विधालयहरूमा प्रदर्शन गरिएको थियो भने संस्थाले बिगत दश बर्ष देखि एस ई.ई उत्कृष्ट अंक ल्याउने बिर्तामोड नगर भित्रका नेवा समुदायका विधार्थीहरुलाई सम्मान गर्दै आएको छ ।
३१ बर्ष अगाडि स्थापना भएको नेवा:पासा मुना पुच:ले तीन दशकदेखि बिर्तामोडमा लाखे नाच प्रदर्शन संगै नेवा;संस्कार र संस्कृति संरक्षणको काम गर्दै आएको छ।
लाखे नाच समापन , एस इ.इ. उत्कृष्ट बिधार्थीलाई सम्मान

































































































