Homeसमाचारझापाकाे बन्दीगृहमा रहेका महिलालाई तीजकाे दर र कपडा वितरण

झापाकाे बन्दीगृहमा रहेका महिलालाई तीजकाे दर र कपडा वितरण

चन्द्रगढी २८ साउन । भद्रपुरस्थित बन्दी गृहमा रहेका महिलाहरूलाई आज (बुधबार ) आयोजित एक कार्यक्रमका बीच तीजको दर खुवाउनुका साथै कपडा बितरण गरिएको छ ।
इनरव्हील क्लब बिर्तामोड मिडटाउनको आयोजना र एबिसी नेपाल झापा शाखाको सहआयोजनामा सम्पन्न तीज मिलन कार्यक्रममा बन्दी गृहमा रहेका ७५ जना महिलालाइ दर खुवाउनुका साथै कपडा बितरण गरिएको हो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र झापाका सहायक प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निरौलाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा एकथान सिलाइ मेसिन, १ थान वालफेन, ७५ पिस साडी, तीनहजार पीस सेनेटरी प्याड, ५० मिटर कपडा, किताबसहित ५० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको आयाेजक संस्था इनरव्हील क्लब बिर्तामोड मिडटाउनले जनाएकाे छ ।
इनरह्वील क्लब बिर्तामोड मिडटाउनका अध्यक्ष लुना बस्नेत शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पोखरेल, सहायक प्रजिअ निरौला, कारागार प्रशासन प्रशासन प्रमख रेवन्त भट्टराई, कारागार सुरक्षा प्रमुख बिनोद आचार्य, मानव अधिकारका लागि महिला एकल महिला झापा अध्यक्ष रेखा अधिकारी, बन्दी गृह महिलातर्फकी आन्तरिक प्रशासन प्रमुख रिता राई लगायतले इनरव्हील क्लब र एबिसी नेपालको सत्कार्यको प्रसंशा गरेका थिए ।

कार्यक्रममा स्वागत तथा ओैचित्यमाथि सहआयाेजक एबिसी नेपाल झापाकी अध्यक्ष सिटाैलाले प्रकाश पार्नु भएकाे थियाे । कार्यक्रममा क्लबका अध्यक्ष बस्नेतले पुजा कलेक्शनकी पुजा अग्रवाल, मुनमुन अग्रवाल, रिचा अग्रवाल, रेनु शर्मा, बिपिन बस्नेतले गरेकाे सहयोगप्रति आभार ब्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाकाे बन्दीगृहमा रहेका महिलालाई तीजकाे दर र कपडा वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img