HomeFeatured 2छठ महिला मञ्चद्वारा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न

छठ महिला मञ्चद्वारा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न

बिर्तामोड २९ साउन । छठ महिला मञ्च बिर्तामोडको आयोजनामा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष निशा साह गुप्ताको अध्यक्षता र कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, बिशेष अतिथि मेची प्रदेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन डा. सञ्जय गुप्ता, अतिथिहरु नेपाल महिला संघ झापाकी सभापति टिका मैनाली, बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य द्रौपदी गणेश, छठ समाज सेवा समितिकी अध्यक्ष संगीता रौनियार, छठ महिला मञ्चकी संस्थापक अध्यक्ष हेमलता चौधरी, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने, छठ समाज सेवा समितिका पूर्व अध्यक्ष धनश्याम चौधरी, प्रेमचन्द चौधरी, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, बीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, इनरह्वील क्लब बिर्तामोड मिडटाउनकी अध्यक्ष लुना बस्नेत शिवाकोटी, लाइन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी यशोदा उप्रेती लगायतले शुभकामना मन्तव्य राख्दै हिन्दु नारीहरुको महान पर्वका रुपमा रहेको तीज संस्कृति र परम्पराले एकापसमा सद्भाव बढाउने धारणा राखेका थिए ।
आयोजक संस्थाकी महासचिव रेनुका महतोले सञ्चालन गरेको कार्यक्रममा औचित्य माथि अध्यक्ष निशा साह गुप्ताले प्रकाश पारेको कार्यक्रममा कार्यक्रम संयोजक सिसम साहले शब्द र कवितामार्फत पिङ्की रौनियारले स्वागत गरेका थिए ।
कार्यक्रममा छठ महिला मञ्चमा आवद्ध महिलाहरुले विभिन्न समूह बनाई छुट्टाछुट्टै नृत्य समेत प्रस्तुत गरेका थिए भने तीजका गीतमा सामुहिक नाचगान समेत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2छठ महिला मञ्चद्वारा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img