Homeसमाचारबालिकालाई जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

बालिकालाई जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

बिर्तामोड २८ साउन । डर, त्रास र धम्की दिई बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका गौरादह नगरपालिका वडा नं. –९ का डिकबहादुरलाई शिवसताक्षी–६ बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय १६ बर्षिय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएपछि फरार रहेका गौरादह नगरपालिका वडा नं. ९ झमकचौकका ५० बर्षीय डिकबहादुर राईलाई प्रहरीले शिवसताक्षी नगरपालिका–६ शिवगञ्जमा फेला पारी नियन्त्रणमा लिएको हो ।
जबरजस्ती करणीबाट बालिका गर्भवती भएको परिवारले थाहा पाएपछि मिति २०८२ राई विरुद्ध गत जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएको भएपनि राईलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
घटना पछि फरार रहेका राईलाई गोप्य सुराक लगाई खोजी गर्ने क्रममा आज (बुधबार) विहान शिवगञ्जमा फेला पारेको हो ।
पक्राउ परेका राईलाई आजै मुलुकी अपराध संहिता २०७४ अन्तरगत जबरजस्ती करणी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तो थियो घटना
आफन्तकामा पढ्न बसेकी बालिकालाई छिमेकीले जवरजस्ती करणी गरेपछि गर्भवती भएको परिवारले जनाएको छ । राईको धम्कीका कारण कसैलाई भन्न नसकेकी बालिकाले जब परिवारले सोधपुछ गरे त्यो पछि भने छिमेकी राईबाट पटक–पटक बलात्कृत भएको बताएकी थिइन् । अहिले बालिकाको गर्भमा अहिले ७ महिनाको बच्चा छ ।
गत जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा राईविरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो । त्यसपछि राई फरार रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले यसअघि नै जानकारी दिएका थिए ।
डरधम्की देखाएर राईले बालिकालाई करणी गरेको कसैलाई भनेमा मार्नेसम्मको धम्की दिएको बालिकाले बताएकी थिइन् । मार्ने डर धम्कीबाट त्रसित बालिकाले आफूमाथि करणी भएको विषय परिवारलाई समेत भन्न सकेकी थिइनन् ।
यद्यपी महिनावारी नभएको आफन्तले थाहा पाएपछि बालिकालाई सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबालिकालाई जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img