Homeसमाचारप्रेस क्लब भद्रपुरको कार्यालय भवन उद्घाटन

प्रेस क्लब भद्रपुरको कार्यालय भवन उद्घाटन

भद्रपुर १६ साउन । प्रेस क्लब भद्रपुरको कार्यालय भवन चन्द्रगढीमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । क्लबले १५ औं स्थापना दिवसको सन्दर्भमा भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा मुख्यमन्त्री कार्कीले मुलुकमा परिवर्तन ल्याउन पत्रकारको अतुलनीय योगदान रहेको बताउदै अग्रज पत्रकारले देखाएको मार्गलाई अवलम्बन गर्दै निश्पक्ष पत्रकारिताको आवश्यक औल्याए । तथ्यसहितको समाचार सम्प्रेषण गर्न आग्रह गर्दै देशमा केही भएको छैन भन्ने भाष्य चिर्नका लागि सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा दीर्घ सेवा सम्मानबाट अग्रज पत्रकारद्वय नकुल काजी र गोविन्द चन्द क्षेत्रीलाई नगद ११ हजारसहित प्रशंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै भवन निर्माणमा सहयोग पुर्‍याउने एकराज भट्टराई सहितका ३१ वटा संस्था तथा व्यक्ति दाताहरूलाई कदर पत्रले सम्मान गरिएको थियो । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का ,चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन रोहित काफ्ले र डिल्ली रमण नेपालले संयुक्त रुपमा गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रेस क्लब भद्रपुरको कार्यालय भवन उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img