बिर्तामोड १५ साउन । उद्योग वाणिज्य संघ बिर्तामोडले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’मा एकैदिन एकलाख ३६ हजार सहयोग प्राप्त भएको छ । संघका पूर्व अध्यक्ष गणेशप्रसाद सुवेदी र अंकिता भेराइटिजका संचालक प्रमोद वंशलले जन्मदिनको अवसर पारेर राहत कोषमा रकम प्रदान गरेका हुन् ।
कोषमा जम्मा हुने गरी पूर्व अध्यक्ष सुवेदीले एकलाख १५ हजार प्रदान गरेका छन् भने वंशलले २१ हजार रुपैयाँ सहयोग गरेको संघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभयो । एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले अक्षयकोषको स्थापना गरेको छ।
कोषमा सहयोग गर्ने सुवेदी र वंशल दुवैलाई कदर पत्रद्वारा सम्मान गरिएको छ । संघका अध्यक्ष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ , विशिष्ठ सदस्य निर्मल भट्टराई, उपाध्यक्ष विशाल थापा, संघका महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला लगायत संघका पदाधिकारी सहभागी थिए ।
वाणिज्य संघको ‘व्यवसायिक सदस्य राहत कोष’मा सुवेदी र वंशलको सहयोग



















