Homeसमाचारनेपाल उद्यमशील महिला संघ झापाको उद्घोषण तालिम प्रारम्भ

नेपाल उद्यमशील महिला संघ झापाको उद्घोषण तालिम प्रारम्भ

बिर्तामोड १५ साउन । नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा तीन दिने उद्घोषण तालिम बिहीबारदेखि शुरु गरिएको छ । तालिमको संविधानसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुधिरकुमार शिवाकोटीले उद्घाटन गर्नुभयो ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता आयोजित तामिल उद्घाटन गर्दै प्रमुख आतिथि शिवाकोटीले महिलाहरु सक्षम र सवल भए देशको गरिमा बढ्ने बताउँदै आफ्नो क्षमता निर्खान सुझाव दिए । अहिले पनि ठूला दलका महिलाहरु भन्दा वाककलामा पछिल्लो समय आएका राजनीतिक दलका महिलाहरु प्रखर देखिएको भन्दै आफ्नो क्षमता अभिवृद्धिका लागि सक्रिय हुन शिवाकोटीले तालिममा सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अथिति चेम्वर अफ कर्मस झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य ओमकृष्ण विमलीले स्थानीय ठाउँमा उत्पादित सामग्रीलाई पनि विश्व वजारमा पु¥याउन सकिने उल्लेख गर्दै गुणस्तरीय सामग्री र वजारीकरणमा ध्यान दिन उद्यमीहरुलाई सुझाव दिए ।
कार्यक्रममा नारी संचारगृह झापाकी निर्वतमान अध्यक्ष रेजिना गौतम, वीएण्डसी अस्पतालका डा. मुकेश चौधरी, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी महासचिव विना थापा घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष यशोदा प्रसाईले गरेकी थिइन् । नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटी सहजकर्ता रहेको तालिममा ४० जना उद्यमी महिलाको सहभागिता रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल उद्यमशील महिला संघ झापाको उद्घोषण तालिम प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img