शनिश्चरे १५ साउन । झापा मेचीनगरका एक युवाकाे कुवेतमा मृत्यु भएकाे छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापा मेचीनगर नगरपालिका–३ का २५ बर्षिय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
झण्डै एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतेकै ठाउँमा मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावासमा जानकारीपछि केही दिनमै उनको शव नेपाल ल्याउने तयारी भईरहेकाे छ ।
श्रीमान् तथा सासू ससुरा समेत पहिले नै गुमाइसकेकी मेचीनगर–१० धुलावारीमा बस्दै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित हुन् ।
कुवेतमा झापाका एक युवाको मृत्यु



















