Homeसमाचारबिर्तामोडमा लाखे जात्रा शुभारम्भ

बिर्तामोडमा लाखे जात्रा शुभारम्भ

बिर्तामोड १३ साउन । नेवा संस्था नेवा: पासा मुना पुच: ले बिर्तामोडमा आज देखि लाखे जात्रा शुभारम्भ गरेको छ ।
पासा मुना पुच: ले दासपुल स्थित भिमसेन मन्दिरमा विधिवत रूपमा लाखेको पुजाआजा गरी ‘लाखे जात्रा’को शुभारम्भ गरेको हो।
आज नाग पञ्चमी देखि विधिवत रूपमा शुभारम्भ गरिएको लाखे जात्रा हरेक दिन नगरका विभिन्न स्थानमा प्रदर्शन गरिने र भाद्र १ गते समापन गरिने आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो।
यसबर्ष संस्थाका उपाध्यक्ष राजिव श्रेष्ठको संयोजकत्वमा लाखे परिचालन समिति गठन गरिएको छ भने जात्रामा दुई जना साना र दुई जना ठुला लाखेले आफ्नो प्रस्तुती देखाउनेछन् ।
पासा मुना पुच:ले नेवा: छे भवनमा गएका बर्षहरूमा झै यस बर्ष पनि’ लाखे जात्रा’ लक्षित गरी महिना दिन सम्म धिमे बाजा र ‘लाखे नाच ‘प्रशिक्षण दिएको थियो ।
नेवा: संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले नेवा : पासा मुना पुच: ले बिगत लामो समय देखि हरेक वर्ष बिर्तामोड नगरमा लाखे जात्रा, नेवा: फुड फेस्टिवल, सामुहिक क्वाटी, सामुहिक नेवा :भोज लगायतका कार्यकमहरू आयोजना गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा लाखे जात्रा शुभारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img