Homeसमाचारलुनाले सम्हालिन इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको नेतृत्व

लुनाले सम्हालिन इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको नेतृत्व

बिर्तामोड १० साउन । इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको सातौ पदस्थापन शनिबार बिर्तामोडमा सम्पन्न भएका । बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पदस्थापन सम्पन्न भएको हो । पदस्थापनसंगै इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको नेतृत्व लुना बस्नेतले सम्हालेकी छन् ।
पदभार ग्रहण गर्द्रै अध्यक्ष बस्नेतले आफ्नो कार्यकाललाई अहिलेसम्मकै उत्कृष्ठ बनाउने प्रतिवद्धता जनाउनु भयो । आफ्नो टिमका साथीहरुको सक्रियता तथा सबैको सहयोगमा समाजमा समस्याका रुपमा देखिएको लागू औषध दुव्र्यसन न्यूनिकरण, सामाजिक सेवा, लैङ्गिक हिंसा विरुद्ध लगायतका विविध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
डिष्ट्रिक चिफ कमला श्रेष्ठको प्रमुख आतिथ्यता तथा लुना बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले इनरह्वीलले सञ्चालन गर्न सक्ने विभिन्न कार्यक्रमबारे जानकारी दिनुका साथै इनरह्वीलको यो वर्षको अन्तराष्ट्रिय नाराबारे अवगत गराउनु भएको थियो ।
सो अवसरमा सन् २०२४—२०२५ की अध्यक्ष जुनु विमली उप्रेतीले आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।
इनरह्वील ब्लव अफ बिर्तामोड मिडटाउनकी संस्थापक अध्यक्ष भूमिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमला पौडेलले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन मुनमुन अग्रवालले गर्नुभएको थियो ।
श्रीमान्ले खर्च गर्न दिएको रकमलाई बचाएर समाजको सेवा गर्ने लक्ष्यका साथ सात वर्ष अघि बिर्तामोडमा स्थापना भएको क्लवमा हाल थुप्रै व्यापारी, व्यवसायी महिलाहरु जोडिएको बताइएको छ । पदस्थापन कार्यक्रममा क्लवमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई अध्यक्ष बस्नेतले सफथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीसहित विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलुनाले सम्हालिन इनर ह्वील क्लव अफ बिर्तामोड मिडटाउनको नेतृत्व
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img