Homeसमाचारनमुना टोल बनाउन जुटे स्थानीय

नमुना टोल बनाउन जुटे स्थानीय

बिर्तामोड १२ साउन । बिर्तामोड नगरपालिका वडा नं ४ देवशान्ति टोल रोड नं.–२ का स्थानीय बासिन्दा यति बेला आफ्नो टोललाई नमुना टोल बनाउन लागि परेका छन् ।
टोललाई नमुना बनाउनका लागि टोलका अग्रज एवम् ज्येष्ठ सदस्य ९६ बर्षीया विष्णुमाया मैनालीले शुरुवात गर्नु भएको छ ।
टोलकै ज्येष्ठ सदस्य मैनालीले आफ्ना दिवंगत पति बिष्णुप्रसाद मैनालीको स्मृतिमा देशभक्त मार्ग अदुवा खोला पुल छेउमा रू. ११ हजार पाँचसय चौसठ्ठी रूपैयाँको लागतमा तारजाली घेराबारा गर्नुका साथै पाँचहजार पाँचसय रूपैयाँको लागतमा एकथान ५ सिटे फलामको चौतारो बनाएर नमूना टोल निर्माणको प्रारम्भ गर्नुभएको हो ।
त्यसैगरी हाल बैदेशिक रोजगारीमा रहनु भएका सोही टोलका स्थानीय युवा शुसान्त बुढाथोकीले आफ्नो जन्मोत्सवको अवसर पारेर दिवंगत हजुर बुवा रत्नबहादुर र हजुरआमा पुण्यमाया बुढाथोकीको स्मृतिमा १३ हजार पाँचसय रुपैयाँको लागतमा ६ जना बस्न मिल्ने फलामको चौतारो निर्माण गरिदिनु भएको छ ।
शुसान्तको कर्मबाट प्रेरित भएर सामाजिक कार्यमा अगुवा टोलका सूर्यप्रसाद मैनाली, भगवती मैनाली, देवेन्द्र मैनाली र सृजना दाहाल मैनालीले आफ्ना दिवंगत पिता श्रीप्रसाद मैनाली’को स्मृतिमा पाँच हजार पाँचसय रूपैयाँको लागतमा एक थान ५ सिटे फलामको चौतारो निर्माण गरिदिनु भएको छ ।
मनकारी दाताहरुबाट स्वेच्छिक रुपमा नव निर्मित उक्त संरचनाले टोलको मुहारमा सुन्दरता थपिएको छ भने दैनिक साझ विहान सो मार्ग भएर हिडडुल गर्ने पैदल यात्रुहरुलाई चौतारो बसेर थकाई मार्न ,शितल हावा खादै गफगाफ गर्न सहज भएको छ ।
दाताहरुबाट निर्मित तीन वटै चौतारो र तारघेराबारा टोल कोष व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी कोष व्यवस्थापन समिति संयोजक खेम पराजुलीको सभापतित्व ,टोल विकास संस्थाका अध्यक्ष गोकुल अधिकारीको प्रमुख आतिथ्यता तथा स्थानीय बासिन्दाको उपस्थितिमा समितिलाई निर्माण गरिएको उक्त संरचना हस्तान्तरण गरिएको हो।
संरचना हस्तान्तरण कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि एवं टोल विकास संस्था अध्यक्ष अधिकारीले दाताहरुबाट टोलमा पवित्र कर्मको शुरुवात भएको भन्दै उदाहरणीय कार्यको गर्नु हुने दाताहरूमा धन्यवाद ज्ञापन गर्नु भयो।
यसैगरी बिषेश अतिथि प्रहरी उपरिक्षक प्रेम प्रसाईले दाताहरुबाट भएको उदाहरणीय कार्यको प्रशंसा गर्दै आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दाता परिवार शुसान्त बुढाथोकीका बुबा लिला बुढाथोकीले आफ्ना छोरा शुसान्तले आफ्नो जन्मदिनको अवसरमा हरेक वर्ष रचनात्मक काम गर्दै आएको बताउँदै रचनात्मक काम गर्न आफना हजुर बुवा रत्न बहादुरबाट प्रेरित भएको बताउनुभयो ।
त्यसतै दाताको तर्फबाट मन्तव्य व्यक्त गर्दैै सुर्य प्रसाद मैनालीले ““मानव शरीर एक दिन मरेर जान्छ, तसर्थ मानिस आफु जीवीत रहदै समाजका लागि केही न केही राम्रो काम गरेर नयाँ पुस्तालाई पनि सामाजिक काम गर्न प्रेरित गर्दै जानु पर्ने भन्ने धारणा राख्नुभयो।
देव शान्ति टोल कोष व्यवस्थापन समिति संयोजक खेम पराजुलीले दाताहरुबाट शुरुवात भएको सत्कर्मको उच्च सम्मान गर्दै यसबाट अरूले पनि पाठ सिक्नु पर्ने बताउनुभयो।
कोष व्यवस्थापन समिति सचिव ढुण्डीराज न्यौपानेले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष जोसना श्रेष्ठले राख्नु भएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनमुना टोल बनाउन जुटे स्थानीय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img