HomeFeatured 2दशनामी समाज युवा समितिको झापा अधिवेशनका लागि भेला आयोजक समिति गठन

दशनामी समाज युवा समितिको झापा अधिवेशनका लागि भेला आयोजक समिति गठन

चारपाने १० साउन । नेपाल दशनामी समाज युवा समितिको तेस्रो झापा जिल्ला अधिवेशनका लागि भेला आयोजक समिति गठन भएको छ । समाजको छलफलले युवा समितिलाई अझ सक्रिय बनाउँदै झापा जिल्लाको तेस्रो अधिवेशनको तयारीका लागि आज (शनिवार) भेला आयोजक समिति गठन गरेको हो । समाजको युवा समिति अधिवेशनका लागि भेला आयोजक समितिको संयोजकमा धनबहादुर पुरी (प्रजित) बिर्तामोडलाई जिम्मेवारी दिएको छ भने समितिको सचिवको जिम्मेवारी विशाल गिरी मेचीनगरलाई दिएको छ ।
त्यसैगरी सदस्यमा खेमराज गिरी, बिदुर गिरी बिर्तामोड, युवराज गिरी कनकाई र एगा गिरी मेचीनगरलाई जिम्मेवारी दिएको छ । उक्त भेला आयोजक समितिले झापाका १५ वटै पालिकामा रहेका दशनामी युवाहरुलाई भेला आयोजक समितिमा जोड्दै लाने र समाजको केन्द्र, प्रदेश र जिल्ला समितिसँग समन्वय तथा सहकार्य गरेर समाजको युवा समितिको अधिवेशन गराउनेछ ।
भेला आयोजक समिति गठन कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरी, केन्द्रिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, केन्द्रिय सदस्य एलबी गिरी, जंगराज गिरी, प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका युवा समिति केन्द्रिय अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, कोशी प्रदेश कार्यवहाक अध्यक्ष दीपक भारती, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीसहित समाजको बिभिन्न तह र तप्कामा रहेका दशनामी बन्धुहरुको उपस्थिति रहेको थियो ।
झापाको बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2दशनामी समाज युवा समितिको झापा अधिवेशनका लागि भेला आयोजक समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img