बिर्तामोड १० साउन । रोटरी क्वल अफ बिर्तामोडले वृक्षारोपण गरेको छ । बिर्तामोडस्थित शनिश्चरे रोड अन्तरगत ट्याक्सी स्ट्याण्डदेखि महानन्द चौकसम्म विभिन्न प्रजातीका एकसय विरुवा रोपेको हो । क्लबले आज (शनिबार) नै रामचोकस्थित सामुदायिक वनमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएको सर्भिस प्रोजेक्ट डाइरेक्टर शैलेन्द्र कुरुङ्वाङले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा आयोजित बृक्षारोपण कार्यक्रममा असोक, सिरिस, हर्रोसहितका विरुवा रोपिएको छ क्लवकी सचिव डा. सन्ध्या राठीले बताउनु भयो ।
बृक्षारोपण अघि आयोजना गरिएको संक्षिप्त कार्यक्रममा रोटरी क्वल अफ बिर्तामोडका सर्भिस प्रोजेक्ट डाइरेक्टर शैलेन्द्र कुरुङ्वागले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यक्रममा क्लवका रिजनल चेयरप्रर्सन सुरेशकुमार अग्रवाल धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बृक्षारोपण कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट कुमार गिरी, असिस्टेन गभर्नर निकिता गिरी, सहआयोजक रोट«याक क्लव अफ बिर्तामोड बिर्तामोडका अध्यक्ष सुशील थापा लगायतको आतिथ्य रहेको थियो ।
सो अवसरमा आजै देशभरका १५० रोटरी क्लवले ५० हजार विरुवा रोपण गर्ने जानकारी समेत दिइएको थियो । बढ्दो जलवायु परिवर्तनका कारण मानिसको जनजीवन नै प्रभावित हुन पुगेको वर्तमानमा वातावरण सन्तुलन राख्न केही सहयोग पुगोस् भन्ने उद्देश्यले रोटरीले बृक्षारोपणलाई प्राथमिकतामा राखेको कुरुङ्वाङले बताउनु भयो । शनिश्चरेरोडमा आज रोपिएका विरुवाको संरक्षण गर्ने मुख्य जिम्मेवारी स्थानीय टोल विकास संस्थाहरुले गर्नुपर्ने छ भने रोटरी क्लबले समेत निगरानी गर्ने बताइएको छ ।
रोटरीले गर्यो शनिश्चरेरोड र सामुदायिक बनमा बृक्षारोपण



















