विर्तामोड ६ साउन । नेपाली कांग्रेसका संस्थापक सभापति एवं समाजवादी दर्शनका प्रणेता महामानव वि.पी. कोइरालाको ४३ औं स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादी विचार प्रवाह गर्नुभएका वि.पी. कोइरालाले नेपाली साहित्यमा मनोवैज्ञानिक दर्शन मार्फत समाज सुधार, जनअधिकार र समानताका विषय उठान गर्नुभएको थियो । नेपाली राजनीति र नेपाली साहित्यमा उत्तिकै उचाई हासिल गर्न सफल वि.पी.को दर्शनका विषयमा स्मृति दिवसको अवसर पारेर चर्चा–परिचर्चा गरिएको छ ।
यही दिवसको सन्दर्भमा नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समितिले आयोजना गरेको आँखा शिविरलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले वि.पी. कोइरालाले आफ्नो सर्वस्व गुमाएर प्रजातन्त्र र जनअधिकारका लागि आजीवन संघर्ष गर्नुभएको बताउनुभयो ।
वि.पी.संगको भेट उहाँको बहु आयामिक व्यक्तित्वमाथि चर्चा गर्दै नेता शिवाकोटीले बि.पी., गणेशमान लगायतका निष्ठावान नेताहरुले बगाएको रगत र पसिनाले नेपाली कांग्रेस पार्टी बनेको धारणा राख्नुभयो । उहाँहरुको विचार जीवनशैली र संघर्षको इतिहास अहिलेका सुविधाभोगी कांग्रेसले बुझ्न जरुरी रहेको उहाँको टिप्पणी थियो ।
वडा सभापति दिपककुमार मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । खगेन्द्र प्रसाईले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सुष्मा पौडेलले गर्नुभएको थियो । वडा समितिको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ५ सय ३० बढीले सेवा लिएको वडा उपसभापति खगेन्द्र प्रसाइले जानकारी दिनुभयो ।
यसै दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस भद्रपुर नगर समिति र वि.पी. स्मृति प्रतिष्ठान झापाको आयोजनामा भद्रपुर–१० स्थित वि.पी.को शालिक परिसरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका उपसभापति एव कार्यक्रमका प्रमुख अतिथि केशवराज पाण्डेले काँग्रेसले सम्झौताको राजनीति गर्नु बाध्यकारी भएको चर्चा गर्नुभयो । कतिपय सामाजिक सञ्जालले पार्टी र नेताका विषयमा गरेका गलत प्रचारले उत्पन्न गरेका भ्रम चिर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेतृत्वका गलत क्रियाकलापको खुलेर आलोचना गर्न सक्नुपर्ने धारणा राख्दै उहाँले वि.पी. कोइरालाले पार्टी बचाउन नेतृत्वको आलोचना अनिवार्य भएको शिक्षा दिनु भएको प्रसङ्ग चर्चा गर्नुभयो ।
भद्रपुर नगर सभापति राम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओम सरावगी, मिरा खड्का, कृष्ण हुमागाईं, टिका मैनाली, भरत प्रसाई लगायतले मन्तब्य राखेका थिए। प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालले स्वागत तथा कार्यक्रमको सञ्चालन लावण्य पोखरेलले गर्नुभएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच नेपाली कांग्रेस झापा गाउँ समितिले विचार गोष्ठी सम्पन्न गरेको छ । ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्य र अन्जुदेवी थपलियाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जगन्नाथ राजवंशी, सन्तोष नेपाल, अनिता केसी, पुष्पा प्रसाई, सौरव सिटौला, राजकुमार यादव लगायतले वि.पी.को विचार र वर्तमान राजनीतिका बारे आ–आफ्नो धारणा राखेका थिए । गाउँ सभापति सागिरथ गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तेजु श्रेष्ठ र सञ्चालन मोहन मिश्रले गर्नुभएको थियो ।
यसैबीच ४३ औं वि.पी. स्मृति दिवसको सन्दर्भ पारेर नेपाल प्रजातन्त्र सेनानी संघ झापाले विचार गोष्ठी सम्पन्न गरेको छ । संघका महासचिव तेजप्रसाद सुवेदीको प्रमुख आतिथ्य र झापा अध्यक्ष लिलक सिटौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष ज्ञानमणि भुर्तेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–५, प्रदेशसभा ख को आयोजनामा दमक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । पार्टीका केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको नेतृत्वमा अस्पताल पुगेको कांग्रेस कार्यकर्ताको टोलीले विरामीलाई फलफुल वितरण गरेको प्रदेशसभा क्षेत्रीय सभापति रवि न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका कोशी प्रदेश समिति सदस्य चन्द्रा खड्का भटराइ, भुमीराज राई, झापा उपसभापति शेरबहादुर भटराई, सुरेश सुब्बा, मेनुका बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, विक्रम अधिकारी, नगर सभापति प्रकाश प्रसाई लगायतको सहभागिता रहेको थियो ।
यसै दिवसको सन्दर्भ पारेर शिवसताक्षी वडा नं–६ ले शिवगञ्ज–धरहरा चोकमा विभिन्न जातका विरुवा रोपेको छ । नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मथुरा श्रेष्ठ, दिपेन पाठक, वडाध्यक्ष मनोज खुलाल कार्की लगायत थुप्रै नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
४३ औं वि.पी. स्मृति दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको संयोजन र नेपाल तरुण दल अर्जुनधारा–७ नम्बर वडा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कविन्द्र सिटौलाको सभापतित्व र नगर सभापति हेमराज खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २० पिन्ट रगत संकलन भएको बताइएको छ ।
नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले वि.पी. स्मृति दिवसको अवसर पारेर कालिका बन उपभोक्ता समितिको हाताभित्र फलफुल र अन्य विभिन्न जातका १५० विरुवा रोपेको छ । गाउँ सभापति गंगाप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बडाराम हेमरम, इन्द्र कार्की, विष्णु गौतम, भुपाल बस्नेत लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसै सन्दर्भमा कनकाइ नगरपालिकास्थित वि.पी. बन बाटिकामा विचार गोष्ठी सम्पन्न भएको छ । कनकाइ नगर सभापति दुर्गाप्रसाद प्रसाईको सभापतित्व र ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कविता बस्नेत, कनकाइ–५ का वडाध्यक्ष लगायतले मन्तब्य राखेका थिए। कार्यक्रमको सञ्चालन उदित दाहालले गर्नुभएको थियो ।
त्यसैगरी नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजना र नेपाल विद्यार्थी संघ झापा र नेपाल खेलकुद संघ झापाको सहभागितामा स्थानीय साधुहोेली सिमसार पर्यटकीय क्षेत्रमा विभिन्न जातका सयबढी विरुवा रोपेको छ । कमल गाउँ समिति सभापति खगेन भण्डारीको अध्यक्षता र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, राजनबहादुर ढुङ्गाना लगायतले मन्तब्य राख्नुभएको थियो । पदम निरौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन खेम खनालले गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिले स्थानीय भागिरथा न्यौपाने स्मृति अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको छ । २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्य र मनेष दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ सय बढी विरामी तथा कुरुवाहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रमको सञ्चालन कृष्ण खतिवडाले गर्नुभएको थियो ।
वि.पी.को स्मृति दिवसमा विविध कार्यक्रम

































































































