HomeFeatured 2झापामा गोली चल्यो :एक भारतीय नागरिकसहित जना २ जना पक्राउ

झापामा गोली चल्यो :एक भारतीय नागरिकसहित जना २ जना पक्राउ

भद्रपुर २५ असार । लागूऔषध नियन्त्रणमा खटिएकाे लागूऔषधनियन्त्रण ब्युराेकाे टाेलीले चलाएकाे गाेली लागेर झापामा एकजना घाइते भएका छन् ।

शकांस्पद अवस्थामा रहेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरेर भाग्न खोज्दा गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिने क्रममा पेस्तोलबाट ६ राउण्ड गोली फायर गरिएको खड्काले बताए । त्यस क्रममा २ जनालाई पक्राउ गरिएको र पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तु बरामद भएको जानकारी उनले दिए ।
प्रहरीले गोली हानेर भद्रपुर नगरपालिका–७ चिया पसलनजिक हुलाकी लोकमार्गबाट २ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये गोली लागेर १ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले १ जना भारतीय नागरिकसहित दुइजनालाई नियन्त्रणमा लिएकाे छ । भारतको किसनगन्जका ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुल मियाँलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।
पक्राउ परेकामध्ये भारती नागरिक आलमको साथबाट १ सय ३ ग्राम ७० मिलिग्राम र मियाँको साथबाट १ सय २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । गोली लागेर मियाँ सामान्य घाइते भएका छन् ।
उनको दाहिने खुट्टाको पिँडुलामा १ राउण्ड गोली लागेको छ । भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा सामान्य उपचारपछि उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
दुवै जनाबाट गरेर २ सय ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा गोली चल्यो :एक भारतीय नागरिकसहित जना २ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img