अर्जुनधारा ३१ जेठ । कालिका बहुद्देश्यीय सहकारी संस्थाको आयोजना, अभियान क्लिनिक बिर्तामोडको प्राविधिक सहयोग र कालिका मेडिकल अर्जुनधारा– १० को ब्यवस्थापनमा अर्जुनधारा–१० मिलचोकमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पायल्स, फिस्टुला, फिसर सम्बन्धी स्वास्थ्य समस्याको परीक्षण गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन १० नम्बर वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा अभियान क्लिनिकका प्रोप्राइटर शान्तिराम भट्टराई, प्रविणकुमार यादव, रमेश मण्डल लगायतले स्वास्थ्य शिविरबाट लिन सकिने सेवाका बारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव केदारनाथ पोखरेलले सञ्चालन गर्नुभएको थियो । शिविरमा ६० बढीले स्वास्थ्य परीक्षण गराई सेवा लिएको सहकारी संस्थाका ब्यवस्थापक दामोदर दाहालले जानकारी दिनुभयो ।
कालिका बहुद्देश्यीय सहकारी संस्थाको आयोजना अर्जुनधारमा स्वास्थ्य शिविर

































































































