भद्रपुर ३१ जेठ । जन कल्याण प्रतिष्ठान भद्रपुर नगर समितिको एकल विद्यालय अभियान अन्तर्गत शनिवार एक साथ दुईवटा बाल संस्कार केन्द्रको उद्घाटन तरियको छ । नगरपालिका भित्र १० वटा बाल संस्कार केन्द्र को स्थापना गर्ने क्रममा आयोजीत कार्यक्रमका बिच भद्रपुर १० अन्तरगत महिला जागरण केन्द्र छाता चोक पश्चिम र दुर्गा पाञ्चायन मन्दिर धनषमोड को सभाहलमा छैठौ तथा सातौ केन्द्रको एक साथ उद्घाटन गरिएको हो । प्रतिष्ठाका कोशी प्रदेश सदस्य ईश्वर पोखरेलको अगुवाइमा आज सम्पन्न केन्द्रको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो । हिन्दु परम्पराको जगेर्ना गर्दै बालबालिकालाई आचरण शिक्षा प्रदान गर्ने उदेश्य र लक्षयका साथ स्थापना गरिएको केन्द्रमा प्रत्येक हप्ताको एक दिन शनिबार उचित प्रकारको हिन्दु विधि अन्तरगतको शिक्षा बालबालिकालाई दिईने छ ।बालबालिका गलत संगत र दुव्र्यसनमा नपरुन र हिन्दु संस्कार र संस्कृतिको जगेर्ना गर्न सकुन् भन्ने अभिप्राय रहेको छ । नगर प्रमुख पोखरेल , प्रतिष्ठा कोशी प्रदेश सदस्य ईश्वर पोखरेल,विश्व हिन्दु परिषद् का नितेश कुमार लगायले मन्तव्य राख्नु भएको थियो ।वार्ड न १० वार्ड सदस्य संगिता कोईराला को अध्यक्षतामा सम्पन्न महिला जागरण केन्द्रमा सम्पन्न कार्यक्रमको स्वागत जागरण केन्द्रकि अध्यक्ष सकुन्तला पोखरेल र संचालन पत्रकार राजु बरालले गर्नु भएको थियो ।

































































































