बिर्तामोड ३१ जेठ । बिर्तामोड उद्यमी ब्यवसायी महिला संघ बिर्तामोडको आयोजनामा लैङ्गिक हिंसा सम्बन्धि एक दिवशसय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोडमा उद्यम ब्यवसाय संचालन गर्नुहुने महिलाहरूका लागि प्रशिक्षणको आयोजना गरिएको हो।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण अधिवक्ता चन्द्रा श्रेष्ठले गर्नु भएको थियो। यसअघि बिर्तामोड वडा नम्बर एकका वडाध्यक्ष अग्नी प्रसाद पाण्डे, उद्यमी व्यवसायी भीमा शिवाकोटी, नेकपा एमाले नगर अध्यक्ष सुभाष भट्टराई, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
पुष्पा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन यसोदा प्रसाईले गर्नु भएको थियो भने स्वागत इन्दिरा भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा एक सय बढी उद्यमी व्यवसायी महिलाहरूको उपस्थिती रहेको थियो।

































































































