भद्रपुर ३० जेठ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले महिनाको अन्तिम शुक्रबारे कार्यक्रम अन्तरगत स्रष्टा आरती पोखरेलद्वारा लिखित तेस्रो कृति ‘अन्तस्करणका प्रतिविम्बहरु’ नामक मुक्तक संग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
पुस्तकालयको सभाहल चन्द्रगढीमा शुक्रबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व प्राज्ञसभा सदस्य शुभद्रा भट्टराईले कृतिको विमोचन गरेकी थिइन्। पुस्तकालयका कार्यक्रम संयोजक होम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कृतिको समिक्षा साहित्यकार चुडामणि रेग्मीले गरेका थिए । पुस्तकालयकी सदस्य निर्मला बास्तोलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन हरिकिशोर आचार्यले गरेको थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराई ,साहित्यकार भवानी क्षेत्री,ठाकुर पोखरेल लगायतले मन्तव्य राखेका थिए। सहभागी साहित्यकार हरुले विभिन्न कविता तथा मुक्तक समेत वाचन गरेका थिए ।
आरती पोखरेलको नयाँ कृति अन्तस्करणका प्रतिविम्बहरु विमोचन

































































































