Homeसमाचारचिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा सम्मान

चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा सम्मान

बिर्तामोड, ३० जेठ । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्नु भयो । भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै राजदुत सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा विद्यार्थीहरुलाई शैच्छिक सामाग्री र छात्रवृति वितरणका लागि राजदुत सोङ्ग केहि दिन अघि झापा आउनु भएको थियो ।

राजदुत सोङ्गले यस अघि चिनियाँ राजदुतावासको सहयोगमा निर्मित बिर्तामोड ८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गर्नु भएको छ । यस्तै उहाँले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४ सय जना विद्यार्थीलाई स्टेशनरीसहित व्याग वितरण गर्नुका साथै दुर्गा मा.वि, शुक्रराज आ.वि र देवकोटा आ.विका १०/१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृति प्रदान गर्नु भएको थियो ।

बिर्तामोड नगरपालिकाको कार्यालयमा आयोजित स्वागत सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र,
वडाअध्यक्ष, कार्यपालिका सदस्य, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङदेन, अध्यक्ष सुवास भट्टराई लगायत एमाले नेताहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img