भद्रपुर २२ जेठ । भद्रपुर नगरपालिकाले यहि जेठ २३ र २४ गते दोस्रो भद्रपुर नगर युथ समिट संचालन गर्ने भएको छ । नगरपालिकामा बुधबार आयोजित पत्रकारसंगको संक्षिप्त भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । युवाहरुको सशक्तिकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकामन हातेमालो थिम रहेको नगर प्रमुख गणेश पोखरेलले बताउनु भयो ।
युवाहरूले आफूभित्र रहेको क्षमताको पहिचान गरि आफ्नो र राष्ट्रको दिगो र सुरक्षित भविष्यका लागि उचित कार्य गर्न प्रोत्साहित हुने पोखरेलको भनार्इ छ । नगरपालिका तथा राष्ट्रको विकास निमार्णमा युवाको सहभागितामा सुधार ल्याउने उहाँको भनाइ छ । नगरपालिका भित्रका १६ बर्ष देखि २४ बर्ष सम्मका २ सयजना विभिन्न संघ संस्था समूहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका युवा सहभागी रहने नगरपालिकाले जनाएको छ । जलवायु परिवर्तनको विश्व व्यापी प्रभाव, कार्यहरुको बहस, युवाहरुमा सामाजिक तथा सामुदायिक दायित्वको विकास गर्ने , जीवन उपयोगी सिपको विकास संगै जीउन उत्प्रेरित गर्दै स्थानीय विकासमा युवा परिचालन गर्ने समिटको मुख्य उदेश्य रहेको छ । नगरपालिका भित्रका १० वटै वाडबाट प्रत्येक वडाबाट ६ जनाको दरले ६० जना, खुला अनलाइन आवेदनबाट १०० जना संघसंस्थाबाट ३०, नगरयुवा परिषद् सदस्य १० र पर्यवेक्षक सहभागी २९ सहित जम्मा २२० जना युवाको सहभागीता रहने युवा खेलकुद तथा शिक्षा शाखाका अधिकृत योगेन्द्र पौडेलले बताए ।
संघीय सासंदद्वय रामहरी खतिवडा, महेश बर्तौला, पूर्व मिस नेपाल सुगारिका के सी, रजनी थापा, सन्देश श्रेष्ठ , आरिफ अलि लगायतले सम्मेलनमा सहजीकरण गर्ने बताइएको छ ।
जेठ २३ र २४ गते दोस्रो भद्रपुर नगर युथ समिट हुने

































































































