Homeसमाचारबजेटमा निबृत्त सेवा कर्मचारीद्वारा पेन्सन बृद्धिको माग

बजेटमा निबृत्त सेवा कर्मचारीद्वारा पेन्सन बृद्धिको माग

भद्रपुर जेठ । निवृत्त राष्ट्र सेवक समाज नेपाल भद्रपुर नगरकार्य समिति झापाले आर्थिक बर्ष २०८२र८३ को संघीय बजेटमा निवृत्त राष्ट्र सेवकहरुको पेन्सन वृद्धि नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । समाजका अध्यक्ष मुक्तिनाथ दाहाल , सचिव खड्गबहादुर बुढाथोकी , निवृत्त राष्ट्र सेवक संघ झापा अध्यक्ष माधवप्रसाद घिमिरे लगायतका निवृत्त राष्ट्र सेवकहरुले आइतबार जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंलाई सो ध्यानाकर्षण पत्र बुझाएका हुन ।
पत्रमा विगत तीनवर्ष समयावधि व्यतित हुदा समेत राष्ट्र सेवकहरुको तलब वृद्धि नगरी महगी भत्ताको रुपमा थप रकम उपलब्ध गराउने घोषण गरेबाट निवृत्त राष्ट्र सेवक लाई अन्याय र अपहेलना गरेको स्पष्ट छ , पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा महत्त्वपूर्ण जीवनकाल राष्ट्र सेवामा समर्पण गरेका निवृत्त राष्ट्र सेवकलाई महगीको असर नपर्ने र बहालवालालाई मात्र पर्ने भन्ने आशय गलत भएको उल्लेख छ ।
बहालवाला कर्मचारीलाई पटक पटक महगी भत्तामा वृद्धि गरिनु र सेवा निवृत्तलाई भने विगत ३ वर्षदेखि नै तलव पेन्सनमा वृद्धि नगरिनु विभेदपूर्ण निन्दनीय कार्य भएकोले उक्त भत्तालाई तलवमा तत्काल समायोजन गर्ने व्यवस्था गरियोस् भन्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबजेटमा निबृत्त सेवा कर्मचारीद्वारा पेन्सन बृद्धिको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img