HomeFeatured 2विश्व धुम्रपान दिवसको सन्दर्भमा लागू औषधको असर र क्यान्सर रोगबारे सचेतना

विश्व धुम्रपान दिवसको सन्दर्भमा लागू औषधको असर र क्यान्सर रोगबारे सचेतना

भद्रपुर १६ जेठ । विश्व ध्रुमपान दिवसको सन्दर्भ पारेर भद्रपुर १० स्थित प्रज्ञा एकाडेमी चन्द्रगढीमा लागू पदार्थ र सुर्तीजन्य पदार्थ सेवनबाट मानव शरीरमा पुर्‍याउने क्षति तथा क्यान्सरको जोखिम बिशेष सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था झापाको आयोजनामा सो विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना प्रदान गरिएको थियो । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण सोहि अस्पतालकी अफिसर सोभा कार्कीले प्रदान गरेका थिए ।
नगर प्रमुख गणेश पोखरेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष अम्बिका ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखेल, गोविन्द खनाल, श्रेया घिमिरे, शेखर पाण्डे लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन रामप्रसाद पोखरेल र स्वागत सितादेवि लम्सालले गरेकी थिइन। कार्यक्रममा भद्रपुर १० कि वार्ड सदस्य संगिता कोईराला लगायतका शिक्षक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विश्व धुम्रपान दिवसको सन्दर्भमा लागू औषधको असर र क्यान्सर रोगबारे सचेतना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img