कालीस्थान जेठ । कालिका बहुउद्देश्यीय सहकारी सस्थाको २३ औ बार्षिक उत्सब स्वास्थ्य जनचेतना एवं जेष्ठ नागरिकलाई सम्मान गर्दै सप्पन्न भएको छ ।
कालिकापीठको सभाहलमा आयोजित कार्यक्रममा डा अनिलकुमार ठाकुरले मानवले स्वस्थ रहन भान्सा, दिनचर्या र खाध्यान्न, सुधार गर्नुपर्ने बताउनुभयो ।
सस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्वास्थ रहन खाध्यान्न र जीवनशैली सुधार आवश्यक रहेको बताउदै उहाले नुन, चिनी, बेशन, अजिना, तयारी मसलाको प्रयोग घटाउन र योग, ध्यानलाइ प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सप्पन्न कार्यक्रममा जेष्ठ नागरिकहरु धनमाया खरेल, भक्तमाया भट्टराई, जगतबहादुर चौहान, खडानन्द खतिवडा, जितबहादुर भट्टराई, चन्द्रमाया कटुवाल, डिल्लीराम मिश्र, मैयादेबी भण्डारी, धनप्रसाद पौडेल, कौशिलादेबी बराल लगायतलाई नगद र दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको थियो ।
जिल्ला सहकारी संघका सदस्य प्रेमसागर सापकोटाको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा अर्जुनधारा सहकारी समन्वय समितिका संयोजक कृष्ण चापागाईं, कालिका बहुद्देश्यीय सहकारी सस्थाका सल्लाहकार संयोजक डम्बर बस्नेत लगायतले मन्तव्य राखनुभएको थियो । कार्यक्रममा कालिकापीठका प्राचार्य रघुनाथ रिजाल, कालीस्थान बौद्ध चक्र गुम्बाका अध्यक्ष सन्तबहादुर तामाङ, सस्थाका पुर्ब अध्यक्ष पदमलाल श्रेष्ठ, कुलप्रसाद बराल लगायतको आतिथ्य रहेको सस्थाका ब्यवस्थापक दामोदर दाहालले जानकारी दिनुभयो ।
उपाध्यक्ष योगप्रसाद मिश्रले स्वागत, गान्धारी मिश्र र रेणु बस्नेतले स्वागत गीत प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सचिब केदारनाथ पोखरेलले गर्नुभएको थियो ।
बार्षिक उत्सवमा स्वास्थ चेतना र जेष्ठ नागरिक सम्मान

































































































