बिर्तामोड ५ जेठ । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा रकम जुट्ने क्रम जारी छ ।
५० लाखकाे अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेकाे पूरा भएपनि कोषलाई एक करोड पुर्याउनुपर्ने सुझावसहित दाताबाट रकम जुट् क्रम जारी रहेको हो । कोषलाई बृद्धि गर्दै लैजानुपर्ने सुझावसहित जेठ ४ गते बुद्धशान्ति १ का बालक आयुस-आरोहि रिजालले सहयोग रकम प्रदान गरेका छन् । १० वर्षीय आयुसले जन्मोत्सवको अवसर पारेर आफ्नो र बहिनीका नाममा सातहजार पाँचसय रुपैयाँ संस्थाकाे अक्षयकोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा नारी सञ्चार गृहकी सल्लाहकार इन्दु पूर्वेली, आयुसका बुबा रघुनाथ रिजाल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गाैतम लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संयोजक श्रेष्ठले रिजाललाई जन्मोत्सवमा राम्रो पढ्न र असल मान्छे बन्न शुभकामना व्यक्त उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
२०७५ सालमा स्थापना भएको अक्षयकोष हाल २०८१ सालको चैत मसान्तमा ५० लाख पाँचहजार रुपैयाँ एकमुष्ठ राखेको जानकारी दिनुभयो ।
त्यस्तै जेठ २ गते बिर्तामोडका सामाजिक व्यक्तित्व सुरेस अग्रवाल भद्रपुरेले २१ हजार प्रदान गर्नुभएको थियो भने सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरीले काेष बृद्वि गरी एककरोड पुर्याउन प्रोत्साहित गर्दै सहारा नेपालकाे तर्फबाट काेषमा एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा यसअघि नै गरेका छन् । संस्थाले अक्षयकोषका साथै कोषको लक्ष्य अनुसारका विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।
जन्मोत्सवमा सञ्चार गृहको अक्षयकोषमा आयुसको सहयोग

































































































