बिर्तामोड ४ जेठ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती झापाको आयोजनामा बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीले नगरको विकासमा स्थानीय तह र सञ्चारमाध्यमबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिंदै विगतको तुलनामा नगरमा धेरै विकास भएको बताएका थिए । नगरमा भएका विकासका बारेमा नागरिकलाई सुसूचित गराउन पत्रकार प्रतिवद्ध रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरुले आपसमा समन्वयकारी भूमिकाका लागि नगरलाई आग्रह पनि गरेका थिए ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नं. ४ का सदस्य उमेश राउत लगायतले नगरमा भएको विकास र सञ्चारसंगको अपेक्षाबारेमा धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, सञ्चारिका समुहकी अध्यक्ष लिला अनमोल लगायतले मन्तव्य राख्दै नगरमा भएका विकासका कामलाई नागरिक समक्ष पुर्याउने प्रतिवद्धता जनाएका थिए ।
दिपीन राई, डिकेश लामा गणेशमान मुखिया, ईन्द्रसिङ्ग राजवंशी, पुष्प बराल, ईन्द्रजित मुखिया, अर्जुन राजवंशी र बिनोद पाण्डेले जनप्रतिनिधलाई जिज्ञासा राखेको कार्यक्रममा प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा होम अधिकारीले स्वागत गर्नु भएको थियो ।
पालिका र सञ्चारबीच समन्वयकारी भूमिकामा जोड

































































































