Homeसमाचारचन्द्रगढी सामुदायिक बनबाट चिरान काठ बरामद

चन्द्रगढी सामुदायिक बनबाट चिरान काठ बरामद

भद्रपुर ४ जेठ । वन डिभिजन कार्यालय भद्रपुर झापाले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको ८३.५२ क्युफिट सालको चिरान काठ बरामत गरेको छ ।
संकलन सहमति भन्दा बाहिर गएर चिरान गरिएको उक्त काठ गत शुक्रबार बरामत गरिएको कार्यलयका सहायक वन अधिकृत कुलप्रसाद भट्टराईले बताए । उनले बरामद गरिएको काठ अनुसन्धानको प्रक्रियामा रहेकोले प्रकृया पश्चात् मात्र कहाँ के कारवाहि हुने भन्ने निर्णय हुने बताउनु भयो । चिरान कटान गर्न दिएको सहमति बाहेकको काठ कार्यालयले प्राप्त गरेको विशेष सुचनाको आधारमा वरामत गरिएको उहाँको भनाइ छ । यता चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले भने डिभिजन वन कार्यालयले दिएको अनुमतिका आधारमा मात्र चिरान, कटान तथा उपभोक्तालाई वन उपभोक्ता समुहले काठ विक्रि वितरण गर्ने गरेको बताउनु भयो । उहाँले अबैध ढंगले काठ संकलन चिरान नगरिएको बताउदै काठ चिरान ,विक्रीवितरण, ढुवानी ,कटानी, अनुगमन लगायतका विभिन्न उपसमिति मार्फत सहि तरिकाले काम गरेको दावि गर्दै अबैध कार्य वन समितिले नगर्ने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी सामुदायिक बनबाट चिरान काठ बरामद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img