Homeसमाचारभद्रपुरका १२ संस्थागत विद्यालय आइतबार बन्द हुने क्यालेण्डर, अभिभावकको गुनासो

भद्रपुरका १२ संस्थागत विद्यालय आइतबार बन्द हुने क्यालेण्डर, अभिभावकको गुनासो

भद्रपुर २८ बैशाख । नेपालको वर्तमान कानून विपरित भद्रपुरका विभिन्न १२ वटा निजी विद्यालयहरुले आइतवार विदा दिने निर्णय गरेका छन् । भद्रपुर क्लस्टर अन्तरगतका संस्थागत विद्यालयहरुले महिनाको अन्तिम आइतबार शैक्षिक क्यालेण्डरमै विदा उल्लेख गरेका हुन् ।
सो कार्य वर्तमान कानून विपरितको भए पनि नियामक भने बेखवर जस्तै देखिएको छ । भद्रपुर नगरपालिका भित्र रहेका ३१ वटा संस्थागत विद्यालयहरुमध्ये राज्यको नीतिलाई चुनौति दिँदै आफू खुशी विदाको घोषण गर्ने विद्यालयहरुलमा विभूति विद्या मन्दिर, प्रज्ञा एकाडेमी, मेरिगोल्ड, डोल्मा मेमोरियल, ग्यालेक्सी इङ्लिस स्कुल, एमरेल्ड एकाडेमी, होलिल्याण्ड, ग्रीनफिल्ड इङ्लिस स्कुल लगायतका १२ वटा विद्यालयहरुले क्लष्टर नामक समूह गठन गरेर यस वर्षबाट आइतबार अनिवार्य विदा दिने निर्णय गरेका हुन ।
ती विद्यालयहरुले एउटै क्यालेन्डर बनाएर परीक्षा हुने समयदेखि विदा दिने मिति समेत शैक्षिक क्यालेन्डरमा एउटै उल्लेख गरेका हुन् । राज्यको नीति नियम बिरूद्ध एकजुट भएका ती विद्यालयहरूले छाता संगठन प्याब्सनको निर्णयलाई समेत अस्वीकार गरेको पाइएको छ ।
विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरूको शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरुलाई विभिन्न तालिमहरुको आवश्यक पर्ने भएकोले आधा दिन मात्र पढाइ हुने प्रत्येक शुक्रबार पूरा पढाउने र प्रत्येक महिनाको अन्तिम आइतबारका दिन भने पुरै छुट्टि दिने निर्णय गरेको समूह सदस्य तथा एमरल्ड एकाडेमीका संस्थापक प्रिन्सिपल प्राध्यापक डा पृथ्वीविक्रम राई तथा प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष ईसुभ पाण्डेले बताउनुभयो । प्याब्सन झापा अध्यक्ष छत्र कार्कीले संस्थागत विद्यालय निजी नहुने भएकोले नीति नियम बाहिर गएर जे भन्यो त्यहि निर्णय गर्न नमिल्ने बताउनु हुन्छ ।
यता प्याब्सन भद्रपुर अध्यक्ष भक्तबहादुर कार्कीले क्लस्टर गठन प्रक्रिया नै नियम विपरीत भएकोले केही संस्थागत विद्यालयले महिनाको अन्तिम आइतबार बिदा दिने निर्णय प्याब्सनको नीति र नियम विपरीत रहेको बताउनुभयो । उहाँले यस विषयमा सुधार गर्न गर्न क्लस्टर पदाधिकारीले नटेर्ने गरेको बताउनुभयो ।
विद्यालयमा आइतवारदेखि विहीवारसम्म पठनपाठन र शुक्रवार अतिरिक्त कृयाकलाप गरिनु पर्नेमा महिनाको अन्तिम आइतबार छुट्टिदिएर भद्रपुरका ठूला भनिएका विद्यालयहरू उल्टो बाटोमा लागेको अभिभावकहरुको भनाइ छ ।
यस विषयमा बुझ्न खोज्दा नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकालले क्लस्टर गठन र आइतबार विदा दिने भन्ने नगरपालिका भित्रका केही संस्थागत विद्यालयको निर्णय बारे आफूहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । शिक्षा विकास तथा समन्वयन समिति झापाले भने प्रचलित कानून मिचेर अगाडि बढ्ने विद्यालयलाई कारवाही गर्ने जिम्मेवारी स्थानीय तहमा रहेको जानकारी दिँदै नेपालको संविधानले शिक्षा क्षेत्रको नियमनका लागि सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएकोले समन्वयन समितिले कारवाहीका लागि केही गर्न नसक्ने जनाएको छ ।
यता शिक्षा सम्वन्धी नियमावली, २०७७ को नियम ५ अनुसार सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था छ ।
भद्रपुरमा त्यस प्रावधान विपरित विभिन्न बाहना बनाएर सरकारी विद्यालयले अबैध रूपमा शुलक असुली रहेका छन् भने निजी विद्यालयले त अझ मनोमानी ढंगबाट शिक्षा नियमावली, २०७७ को भावना विपरित शिक्षामा व्यपार गरिरहेको दृष्यले सरकार छ कि छैन प्रश्न खडा गरिदिएको छ ।
पछिल्ला केही वर्षयता भद्रपुर क्षेत्रका निजी विद्यालयका सञ्चालकहरूको निर्देशनमा भद्रपुर सरकार चलेको हो कि भन्ने आशंका जन्माइरहेको छ ।
निजी विद्यालयको शुल्क निर्धारण, विदा उल्लघन, कानूनी प्रावधान मिच्ने, शिक्षा नियमावली विपरितका गतिविधिले भद्रपुर नगर सरकारलाई निजी विद्यालयले चलाइरहेको हो कि भन्ने प्रश्न खडा भएको हो ।
भद्रपुरमा सरकारले तोकेको विदाका दिन विद्यालय सञ्चालन गर्ने र सरकारले विदा नदिएका दिन विद्यालय बन्द गर्ने कानूनी प्रावधान विपरितका कार्य हुँदा समेत नियामक भद्रपुर नगरपालिका, शिक्षा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय झापा समेत वेखवर देखिएका घटनाले सरकारी पक्षको उदासिनताले निजी विद्यालयलाई हौस्याइरहेको छ ।
शनिवार सार्वजनिक विदा, शुक्रवार आधा दिन विदा हुने सरकारको स्थापित नीति मिचेर भद्रपुरमा आइतवार विदा दिन थालेका निजी विद्यालयले स्थापित कानूनी प्रावधानलाई समेत चुनौति दिन थालेका छन् ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ को दफा २७ को उपदफा (३) मा उल्लेख अनुसार प्रत्येक निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयले प्रारम्भिक बालबिकास शिक्षादेखि १२ कक्षासम्मका ५ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १० प्रतिशत, ५ सयदेखि ८ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा १२ प्रतिशत र ८ सयभन्दा बढी विद्यार्थी संख्यया भएका विद्यालयले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था राखेको छ । यस व्यवस्था कार्यान्वयन भए नभएको स्थानीय सरकारले हेर्नुपर्ने भए पनि भद्रपुरमा अहिलेसम्म सरकारी पक्षबाट खोजी समेत गरेको देखिदैन भने निजी विद्यालय मनोमानी ढंगले चलिरहेका छन् ।
भद्रपुरमा निजी विद्यालयहरुले प्रदान गर्ने छात्रवृत्ति र संस्थागत विद्यालयहरूको शुल्क सम्बन्धी विवरण प्रष्ट नहुँदा अभिभावक ठगिरहेको गुनासो आउने गरेको छ । नगर शिक्षा शाखाका कर्मचारीले हचुवाका भरमा शुल्क अनुमोदन गर्दा शिक्षा नियमावली, २०७७ को कार्यान्वयनको अवस्था कमजोर बन्दै गएको पाइएको छ । भद्रपुर नगरपालिकाले स्थानीयस्तरमा शिक्षा क्षेत्रका विकृति रोक्न सम्बन्धित क्षेत्रमा अनुगमन समेत गरेको भेटिएको छैन भने संस्थागत विद्यालयलाई संस्थागत गर्न पटक पटक अभिभावक, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायत प्रत्यक्ष सरोकार राख्ने निकायले दिएको ज्ञापनपत्रको समेत बेवास्ता गरि मनोमानी गरिएकोमा सम्बन्धित निकायले नटेरेको स्थानीय अभिभावकको गुनासो छ ।
प्रचलित चलन अनुसार सार्वजनिक विदालाई रातो मसीले संकेत गरिने गरेको भएपनि भद्रपुरका निजी विद्यालयहरुले उल्लेख गरेको आइतबार विदाका सम्बन्धमा भने फरक मसी प्रयोग गरेर संकेत गरिएको हो ।
विदाका विषयमा प्रज्ञा एकाडेमीका ईशुभ पाण्डेले शिक्षकको क्षमता बृद्धिका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने उद्देश्यले विद्यालय विदाको गर्ने गरेको बताउनु भयो । विगत ५ वर्षदेखि आइतबार बिदा हुँदै आएको खुलासा गर्दै पाण्डेले भने ‘यो प्राक्टिस भद्रपुरले मात्रै गरेको होइन् र यो अहिले तत्काल शुरु गरिएको पनि होइन, उनले थपे–विगत ४÷५ वर्षदेखि नै विदा हुँदै आएको थियो । न्यूजमै आउनुपर्ने त्यत्रो ठूलो कुरा होइन । र बिदाले शिक्षकहरुले आफ्नो क्षमता बृद्धि गर्ने अवसर प्राप्त हुने हुँदा शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने पाण्डेको दावी छ ।
महिनाको अन्तिम आइतबार विद्यालय विदा गर्ने भद्रपुर पहिलो भने होइन । अन्तिम आइतबार बन्दको अभ्यास अर्जुनधारा, मेचीनगर, दमक लगायतका पालिकाका निजी विद्यालयमा पनि अभ्यासमा रहेको बताइएको छ ।
आइतबार बिदाका विषयमा अभिभावकबाट कुनै पनि गुनासो अहिलेसम्म नआएको बताउँदै पाण्डेले भन्नुभयो–‘पहिले महिनामा दुईवटा शुक्रबार विदा दिने गरिएको थियो । अभिभावकहरुकै सल्लाहमा महिनामा एकदिन मात्रै विदा गरौं भन्ने कुरा आएपछि उहाँहरुकै सहमतिमा आइतबार विदाको निर्णय गरिएको हो ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरका १२ संस्थागत विद्यालय आइतबार बन्द हुने क्यालेण्डर, अभिभावकको गुनासो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img