Homeसमाचारलागू ओेैषध नियन्त्रण सम्बन्धि बिर्तामोडमा प्रशिक्षण

लागू ओेैषध नियन्त्रण सम्बन्धि बिर्तामोडमा प्रशिक्षण

बिर्तामोड १ जेठ । महिला मुक्ति अभियान झापाको आयोजना र विर्तामोड नगरपालिका वडा नं–३ को आर्थिक सहयोगमा लागू औषध तथा दुब्र्यसनी न्युनीकरण सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिर्ताबजारस्थित महेन्द्र रत्न माविमा सम्पन्न प्रशिक्षण कार्यक्रममा कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा लागूऔषधले पार्ने प्रभाव र त्यसका असर, लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई हुने दण्ड सजाय एवं कानुनी ब्यवस्था लगायतका विषयमा कार्यक्रमका प्रमुख अतिथि एवं इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, वडासदस्य हरि बाँस्कोटा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले लागूऔषध नियन्त्रणका लागि समाजमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । पछिल्लो समय झापामा लागूऔषधको प्रयोग बढेको भन्दै समाज परिर्वतनका लागि विद्यार्थी, अभिभावक मात्र नभई समाजका सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो । सोही अवसरमा संस्थाका सल्लाहकार एवं लिम्बू भाषाको संस्कृतिको आधारमा निर्माण गरिएको चलचित्र ‘मिन्जिफुङ’ का निर्माता सावित्रा लिम्बूलाई सम्मान गरिएको थियो ।
संस्थाकी सदस्य टिका चौहानले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश काोषध्यक्ष भगवती खरेलले गरेकी थिइन् भने सञ्चालन संस्थाकी सचिव देबका कुमाल भट्टराईले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागू ओेैषध नियन्त्रण सम्बन्धि बिर्तामोडमा प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img