चारआली २९ बैशाख । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित प्राध्यापक लक्षित तीनदिने रिसर्च मेथडोलोजी एण्ड पुर्नताजकी तालिम सोमबार सम्पन्न भएको छ ।
तालिम समापन सत्रमा बोल्दै क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडका कार्यकारी निर्देशक डा. राजेन्द्र कुँबरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि कुँवरले अनुदान आयोगमा कता कता व्यक्तिगत सम्बन्ध हावी भएको हो कि भन्ने देखिएपनि आफूहरुले पनि कर्तव्य कति पालना गर्यौं र कति इमान्दारपूर्वक काम गर्यौं भन्नेतर्फ पनि मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो ।
साथै कलेजको रिसर्च बेसमा आधारित रहेर प्रकाशन गरिने जर्नल प्रकाशन गर्दा एउटै क्याम्पसको मात्रै नभई एकापसमा आदान–प्रदान गरे अझ राम्रो र गुणस्तरिय हुने बताउनु भयो । साथै लेख तथा जर्नल आदन प्रदानले एकापसमा सद्भाव समेत बढाउने उहाँको विश्वास थियो ।
क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले अध्यक्षता गर्नुभएको तालिम समापनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले प्राध्यापकहरुले सिकेका कुुराहरुलाई व्यवहारमा उतार्न र कक्षा कोठासम्म पुुर्याउन सहभागी प्राध्यापकहरुलाई आग्रह गर्नुभयो भने संस्थापक क्याम्पस प्रमुख माधव प्याकुुरेलले विगतदेखि नै क्याम्पसमा विभिन्न प्रकारका तालिम कार्यक्रमहरु सञ्चालन हुुँदै आएपनि यो तालिम फरक प्रकृतिको भएको बताउनुु भयो । कार्यक्रमको सञ्चालन व्यवस्थापन विभाग प्रमुुख साबित्रा दहालले गर्नुभएको थियो ।
गत शनिबारबाट शुरु भएको तालिमको पहिलो दिनको उद्घाटन सत्रको अध्यक्षता क्याम्पस प्रमुुख भट्टराईले गर्नुभएको थियो । सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरीप्रसाद घिमिरे, सल्लाहकार समितिका संयोजक सन्तोष न्यौपाने, क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरुको विशेष आतिथ्यता रहेको थियो भने प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका प्रमुख सहनियन्त्रक डा. गोविन्द गुरागाईंले हुनुुहुुन्थ्यो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि गुुरागाईले त्रि.वि.को विकासमा सामुुदायिक क्याम्पसको योगदानको प्रसंशा गर्र्दै अनुुसन्धानको क्षेत्रमा अब प्राध्यापकहरु अब्बल हुनुुपर्ने र शिक्षण सिकाई विधिमा परिवर्तन गरी समय सापेक्ष शिक्षण गर्नुपर्ने बताउनुु भयो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य अंग्रेजी विभाग प्रमुुख ज्ञानकुुमार खतिवडाले गर्नुभएको थियो ।
तालिम कार्यक्रमको दोस्रो सेसनमा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सह प्राध्यापक डा. अरुण नेपालद्वारा र तेस्रो सेसनमा मेची बहुमुखी क्याम्पसका प्रा. डा. गंगाप्रसाद अधिकारी सरले तालिम कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
तालिम कार्यक्रमको दोस्रो दिनको प्रमुुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरे हुुनुुहुुन्थ्यो भने सञ्चालन व्यवस्थापन विभाग प्रमुुख साबित्रा दहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्राध्यापक प्रतिनिधि रुपाकुुमारी पौडेलले गर्नुभएको थियो ।
दोस्रो दिन सेसन जनता बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. टोलनाथ काफ्ले, मेची बहुमुखी क्याम्पसका प्रा. डा. गंगाप्रसाद अधिकारी र मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.दिलनाथ फुयालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहजकर्ता प्राध्यापकहरुले अनुुसन्धान के हो ? यो किन र कसरी गरिन्छ ? अनुुसन्धानका विधिहरु ढाँचा कस्ता र कति प्रकारका हुन्छन् ? अनुुसन्धानमूूलक लेखहरु कसरी लेख्ने ? लघुु अनुसन्धान कसरी गरिन्छ ? विश्व विद्यालय अनुुसन्धान आयोग र त्रि.वि.ले प्राध्यापकहरुबाट खोजेको अनुसन्धान लेख र शिक्षण विधि के र कस्तो हो आदि विभिन्न विषयमा सहजीकरण गर्नुुभएको थियो । तालिम कार्यक्रममा झापा जिल्लाका विभिन्न सातवटा सामुदायिक क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
त्रिदेवमा तीन दिने अनुुसन्धान विधि सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

































































































