HomeFeatured 2भद्रपुरमा शिक्षकका लागि एक दिने उप्रेरणा प्रशिक्षण सम्पन्न

भद्रपुरमा शिक्षकका लागि एक दिने उप्रेरणा प्रशिक्षण सम्पन्न

भद्रपुर २९ बैशाख । प्याब्सन मातहतमा रहेका भद्रपुरका १२ वटा विद्यालयको समूह क्लस्टर भद्रपुरले शिक्षकका लागि एक दिने उप्रेरणा प्रशिक्षण सम्पन्न गरेको छ ।
संस्कारयुक्त शिक्षा आजको आवश्यकता शीर्षकमा केन्द्रित रहेर भद्रपुरमा रहेका १२ वटा संस्थगत विद्यालयका ३०० शिक्षकलाई एक दिने उप्रेरणा प्रशिक्षण तालिम प्रदान गरिएको हो ।
प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष इशुभ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणको सहजीकरण शिक्षा र अध्यात्म क्षेत्रका अन्वेषकद्वय विवेक विनय तथा बद्री दाहालले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै झापा प्याब्सनका अध्यक्ष छत्र कार्कीले शिक्षा निजी वा सरकारी नहुने भन्दै विधि र प्रकृयामा चल्ने विद्यालय संस्थागत भएको बताए । उनले संस्थागत विद्यालय विधि र प्रकृयामा चले सामाजिक उत्तरदायित्व निर्वाह हुने भन्दै शिक्षक कर्मचारीको हितमा रहने गरी सञ्चालक अगाडि बढे उत्कृष्ट विद्यालय बन्न समय नलाग्ने जानकारी दिए ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकालले विद्यार्थीलाइ्र्र सामाजिकीकरणमा अगाडि बढाउन विद्यालयको भूमिका रहने बताउँदै शिक्षकको कार्यशैलीको प्रभावले विद्यार्थीको आगामी यात्रातय हुने हुँदा शिक्षक जिम्मेवार बन्नु अबको आवश्यकता रहेको धारणा राखिन् ।
क्लस्टर समूहका सदस्य सन्देश राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपेन्द्र पौडेलले गरेका थिए भने क्लस्टर सम्बद्ध विद्यालयका सञ्चालक सहित भद्रपुर नगर शिक्षा शाखाका कर्मचारी, प्याब्सन भद्रपुर अध्यक्ष लगायत सहभागी रहेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरमा शिक्षकका लागि एक दिने उप्रेरणा प्रशिक्षण सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img