बिर्तामोड २८ बैशाख । बिर्तामोड नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको आयोजनामा सञ्चालित तीनदिने आधारभुत प्राथमिक तालिमको आइतवार समापन गरिएको छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुअ आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रमको अध्यक्षता रेडक्रस उपशाखाका सभापति मनोज अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
तालिममा सहभागीहरूलाई प्रमुख अतिथि मिश्रले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
तालिम समापन कार्यक्रममा तालिम संयोजक ओमप्रकाश गौतमले प्राथमिक तालिमको आवश्यकता र प्रमाणपत्रको महत्वका बारेमा जानकारी दिनु भएको थियो
कार्यक्रममा उपचार पद्वति कहाँ कसरी प्रयोग गर्ने भन्नेमा सचेत भएर काम गर्न सुझाव दिनुभयो
तालिममा चन्द्रबहादुर चौहान पहिलो, मनिस सञ्जेल दोस्रो र धर्म राजवंशी तेस्रो हुनु भएको थियो ।
प्रशिक्षार्थीको तर्फबाट चन्द्रबहादुर चौहानले तालिमको प्रतिक्रिया राखेको कार्यक्रमको सञ्चालन सचिव निरज ओलीले गर्नु भएको थियो ।
आधारभूत प्राथमिक तालिम सम्पन्न

































































































