HomeFeatured 2बुढ्याैली साहित्य समाजद्वारा

बुढ्याैली साहित्य समाजद्वारा

धुलावारी बैशाख । बुढ्यौली साहित्य समाज झापाद्वारा आयाेजना गरिएकाे सिर्जना वाचन कार्यक्रम मेचीनगर नगरपालिका – ९ धुलाबारी झापाकाे  मेची बचत तथा ऋण सहकारी संस्थाकाे सभा हलमा भव्यरूपमा सम्पन्न भएको छ । साे कार्यक्रमकाे प्रमुख अतिथि बहुभाषी साहित्य सङ्गीत कला झापाका अध्यक्ष एवम् सङ्गीत नाट्य कला प्रज्ञा प्रतिष्टान नेपालका प्राज्ञ हरि पौडेल रहनुभएको थियो । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेल ,तेराख प्रतिष्ठानका सचिव जय भण्डारी बिशेष अतिथि रहनुभएकाे कार्यक्रम संस्थाका अध्यक्ष श्री हरिप्रसाद रिमालकाे अध्यक्षतामा भएकाे थियाे ।
    उपस्थित स्रष्टालाई संस्थाका उपाध्यक्ष जय आचार्यले स्वागत र काेषाध्यक्ष लक्ष्मी अच्युत ढुङ्गानाले आगन्तुकलाई खदामाला द्वारा स्वागत गर्नुभएको थियो भने सदस्य  दुर्गाप्रसाद सिग्देलले कार्यक्रमकाे ओैचित्यमाथि प्रष्ट्याउनु भएको थियो ।
  कार्यक्रममा देवीप्रसाद गौतम ,तोयालाल दहाल ,उषा गुरुङ, कृष्णप्रकाश सुमार्गी , जय भण्डारी , निलम प्रसाईं , चित्रा पौडेल , एन बि दहाल नवीन , पुण्य बराल , लक्ष्मीअच्युत ढुङ्गाना , मीना अधिकारी , भगवती ढुङ्गेल ,  दुर्गाप्रसाद सिग्देल , भीम खवास , जमुना खरेल , परशुराम तिमसिना , याम भण्डारी , तुलसीप्रसाद भट्टराई , हरिप्रसाद रिमाल र नारायण प्रसाद कोइराला लगायतका स्रष्टाहरूले रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा धुलाबारी निवासी निलम प्रसाईंले चियाखाजा र पानीको व्यवस्था गर्नुभएको थियो भने परशुराम तिम्सिनाले उपस्थिति रहेकाे थियो । यो कार्यक्रमको मुख्य संयोजन संस्थाका उपाध्यक्ष जयप्रसाद आचार्यले गर्नुभएको थियो र कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव विन्दु दाहाल मूकदर्शक र सदस्य तुलसीप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बुढ्याैली साहित्य समाजद्वारा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img