Homeविचारमातातिर्थ औशीको महत्व

मातातिर्थ औशीको महत्व

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
’जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
’कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी– यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी ।
शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
आमा भन्ने शब्द भन्दा अर्को ठूलो शब्द सायद अरु नहुन सक्छ । आमा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा एक प्रकारको भाव र ओज प्रकट हुन्छ । हाम्रा मौलिक पर्वहरुको आ–आफ्नो विषेशता पाइन्छ । ती चाडवाड पर्वहरु विभिन्न तिथि मिति अनुसार रहेका छन । ती वैज्ञानिक पक्ष साँस्कृती, व्यवहारिक पक्ष र अपनत्वमा रहेका छन । तिनै पर्वहरु मध्येको एक महत्वपूर्ण पर्व मातातिर्थ औंशी हो ।
जो साक्षात भगवानको रुपमा पुजिन्छिन :
आमा साक्षात् देवी हुन् जसका विषयमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि अधुरै हुन्छ । आमालाई सम्मान गर्ने शब्द अपुग हुन पुग्छ । हरेक आमाले आफ्नो कोखमा नौ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, एक ईश्वर हुन् । आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन भने सन्तानका लागि आमा धर्ती तुल्य हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति दया र करुणा कि खानी हुन् । उनको माया स्नेहता सन्तानप्रतिको दाहित्व कहिल्यै रित्तिदैन । सन्तान जति नै ठूलो भए पनि पाको हुँदै गए पनि आमाका लागि सन्तान सानै हुन्छ काख कै हुन्छन आमाले त्यो आभास दिई रहेकी हुन्छिन । सन्तानलाई आमाको पहिलो शब्द नै खाना खाइस सन्चो विसन्चो के छ नानी बाबू भनि वाक्य सुरु हुन्छन ।
मातातिर्थ औंशी प्रत्येक वर्ष वैशाख कृष्णपक्षको अमावास्या तिथिमा आमालाई सम्मान गर्ने पर्वका रूपमा मातातीर्थ औंशी मनाउने गरिन्छ । यो दिवस आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने पर्वको रुपमा लिइदै आइएको छ । त्यसैले यस दिन आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्षगतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने चलन पनि चल्दै आएको छ ।
आमा बाँचुञ्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो । जो सबैले नपाउन पनि सक्छन । आमाको सेवा गर्न त पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ भन्ने कथन समेत रहेको छ । छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर नै स्वर्गसमान हुन्छ । स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ ।
हुन त पृथ्वी मानिसको सिंगो घर हो । सबैको साझा थलो पनि हो । यसमा जुन प्रकारको मानव–मानववीचको पारिवारिक सुख पाइन्छ, त्यो स्वर्गमा पनि पाइँदैन भनिन्छ ।
चौरासी योनीहरूमा पार गर्दै यो योनीमा आइपुगिन्छ । अरु यिनीमा यसको कल्पना समेत गर्न सकिन्न जुन मानव (योनी) सृष्टीमा मात्र पाइन्छ ।
हाम्रो पूर्वीय दर्शन बौदिक सनातन धर्मले मातापिता लगायत मान्यजनको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकालदेखि नै सिकाएको शाश्त्रीय तथ्य छन र परापूर्व कालदेखि गर्दै आइरहेका पनि छन । समय परिस्थितीले सन्तान कोहि टाढा कोहि अन्यत्र हुने हँुदा सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको सेवा सुश्रूषा गर्न सम्भव हुदैन । तसर्थ यिनै पर्वद्धारा पवित्र कर्मका वार्षिक उत्सवका रूपमा क्रमशः मातातीर्थ औंशी र कुशे औंशीलाई लिइएको हो । मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग–अलग दिनमा आ–आफ्नो परम्परा अनुसार मनाउने गरिन्छ । नेपालमा यो दिवस मातातीर्थ औंशीको दिनमा मनाइन्छ ।
आमा हुनेहरूले आजको दिनमा वहाँको सेवा गरी प्रसन्न तुल्याई आशीर्वाद ग्रहण गर्नुपर्दछ । आमाले पनि यस पवित्र पर्वका अवसरमा सन्ततिलाई आशीर्वाद दिएर हाँसीहाँसी सुखदुःखका कुरा सोध्ने र उनीहरूको भलाइ र प्रगतिका लागि भगवानसँग प्रार्थना गर्नु हुन्छ।
आमा (जीवित) नहुनेहरूले आमाको मुख हेर्ने औंशीमा बिहानको पूजा आदि कर्म सकेर गोकर्ण, मातातीर्थ आदि पवित्र स्थानमा गएर आमाको मुक्तिको कामना गर्दै विधिपूर्वक श्राद्ध गर्ने गर्छन् ।
यस्तो पुण्यकर्मले आमाले नौ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको मातृऋणबाट मुक्तिका साथै आमाको समेत मोक्षगति हुने विश्वास गरिएको छ र सत्यता यहि हो ।
शास्त्रीय मान्यता अनुसार मातातीर्थ कुण्ड र किंवदन्तीको पनि ठूलो महिमा छ ।
हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा सम्झना आउने, सुःख दुःखमा झ–झल्को आउने एउटा अनुहार, नै आमा हो ।
आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्द छन । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गर्नु नै यश पर्व को महत्व हो
आजभोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन बढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो ।
समय सधै एकनास हुँदैन । आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आँउछ, भन्ने कतिपय सन्तानले हेक्का समेत गरेको पाइदैन ।
मेचीनगर – चारआली
झापा

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारमातातिर्थ औशीको महत्व
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img