Homeसमाचारबुलेरो गाडीमा आगोलागी हुँदा ४ जनाको मृत्यु २ घाईते

बुलेरो गाडीमा आगोलागी हुँदा ४ जनाको मृत्यु २ घाईते

ताप्लेजुङ ८ बैशाख । पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गइरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चौकस्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर गाडीमा आगलागी हुँदा गाडीमा सवार ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० बर्षीय विनोद पौडेल उहाँकी ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–१० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो ।
घटनाबारेमा जानकारी पाउना साथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रबी रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुर महानगरपालिका–१० की ४५ बर्षीया सबिना आचार्य उहाँका १० वर्षीय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाईते २ जनालाई थप उपचारका लागी हेलिकप्टरद्वारा काठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुलेरो गाडीमा आगोलागी हुँदा ४ जनाको मृत्यु २ घाईते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img