बिर्तामोड ६ बैशाख । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान एवं भित्ते पात्रो बिमोचन कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ।
अनेमसंघ जिल्ला अध्यक्ष लीला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय स्थाई कमिटी सदस्य तथा झापा ईन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। सचिब कोपिला चम्लागाईले संचालन गरेको कार्यक्रममा रेनुका डाँगीले स्वागत गर्नु थियो । प्रमुख अतिथी टीका घिमिरेसहित अतिथिहरुले क्यालेन्डर बिमोचन गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अनेमसंघ झापाकी महिला फाँट ईन्चार्ज पवित्रा पाठक, खानेपानी तथा उर्जामन्त्री एकराज कार्की, अनेमसंघ प्रदेश सचिब हेमकला कट्टेल, नेकपा एमाले केन्द्रिय सल्लाहकार चिन्तन पाठक, नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य जसमाया गजमेर, नेकपा एमाले अनुशासन आयोगका सदस्य, अनेमसंघ केन्द्रिय सदस्य एवं प्रदेश सांसद तारा ढकाल, लीला कट्टेल, मिना पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अनेमसंघ झापाद्वारा भित्तेपात्रो बिमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान



















