Homeसमाचारछठ महिला मञ्चद्वारा आयोजित नेतृत्व विकास तालिम समापन

छठ महिला मञ्चद्वारा आयोजित नेतृत्व विकास तालिम समापन

बिर्तामोड ४ बैशाख । संस्थामा आवद्ध महिलाहरुको नेतृत्व विकास गर्ने उद्देष्यले छठ महिला मञ्च बिर्तामोडको आयोजनामा सञ्चालित तीनदिने नेतृत्व विकास सम्बन्धी तालिम आज (बिहीबार) समापन गरिएको छ ।
छठ सेवा समाज बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको प्रमुख आतिथ्य तथा छठ महिला मञ्चकी अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरु मधेशी महिलाकी अगुवा द्रौपदी गणेश, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, छठ सेवा समाजका पूर्व अध्यक्षहरु प्रेमचन्द्र चौधरी, छठ युवा फ्रन्टका अध्यक्ष अमरजीत साह लगायतले शुभकामना मन्तव्य राख्दै छठ महिला मञ्चले महिलाहरुलाई बाहिर निकाल्न गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रम सञ्चालन गर्न सुझाएका थिए ।
तालिममा सहभागी सिमा जैसवाल, निकिता साह र संगीता चौधरीले तालिम धेरै उपलब्धीमुलक भएको प्रतिक्रिया दिंदै आगामी दिनमा अझ बढी सिक्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए ।
संस्थाकी महासचिव रेनुका महतोले सञ्चालन गरेको कार्यक्रममा स्वागत संगीता प्रधानले गर्नुभएको थियो । कार्यक्रम बिर्तामोड–५ स्थित आँगन पार्टी प्यालेसको सभाहलमा सञ्चालित तालिमको सहजीकरण स्वस्तिका आचार्यले गर्नुभएको आयोजक संस्थाकी महासचिव महतोले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारछठ महिला मञ्चद्वारा आयोजित नेतृत्व विकास तालिम समापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img