Homeसमाचारबिर्तामोडमा विज्ञान प्रविधि प्रदर्शनीको तयारी

बिर्तामोडमा विज्ञान प्रविधि प्रदर्शनीको तयारी

बिर्तामोड ३ बैशाख । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यालय तहमा भइरहेका प्रयासको प्रस्फुटन र सोही विधाको प्रवद्र्धनका लागि आगामी दिनमा गर्नुपर्ने नीतिगत व्यवस्थाको खोजी गर्ने उद्देश्यले झापाको बिर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।
नेकपा एमालेका विभिन्न विधागत विभाग मध्ये कोशी प्रदेश अन्तरगत विज्ञान तथा प्रविधि विभागको आयोजनामा हुन लागेको प्रदर्शनीमा कोशीका सबै जिल्लाका विद्यालयको प्रतिनिधित्व रहने बताइएको छ ।
आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोड–५स्थित देवी माविमा प्रदर्शनी आयोजना गरिने आयोजक नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । विभाग प्रमुख पोखरेलका अनुसार कोशीका प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने तयारी भइरहेको छ ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा प्रतियोगिता समेत हुने बताइएको छ । सामुदायिक र संस्थागत दुवै प्रकृतिका विद्यालयमा अध्यापन गर्ने विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा पहिलो हुने विद्यालयलाई क्रमशः चारलाख, दोस्रो हुनेलाई तीनलाख, तेस्रो हुनेलाई दुईलाख र चौथो हुनेलाई एकलाख नगद पुरस्कार प्रदान गरिने आयोजक पोखरेलले बताउनु भयो ।
अन्य २५ वटा विद्यालयलाई सान्त्वना स्वरुप २५ हजारका दरले पुरस्कार प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा ४० वटा स्थल राखिने छ । ती मध्ये २० वटा व्यावसायीक शैक्षिक स्टल रहने छन् । व्यवसायिक स्टलबाट प्रतिस्टल एकलाख शुल्क तय गरिएको विभाग प्रमुख पोख्रेलले बताउनु भयो । कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने बताइएको छ । अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ ।
विज्ञान तथा प्रविधि प्रदर्शनीका सम्बन्धमा बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । नेकपा एमाले कोशीका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, रोमनाथ ओली, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोजिना पाण्डे लगायतको उपस्थिति रहेको थियो । सहजीकरण आर्जन वाग्लेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा विज्ञान प्रविधि प्रदर्शनीको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img