HomeFeatured 2लक्ष्मीपुर खानेपानी उपभोक्ता संस्थाको ११ औं साधारणसभा सम्पन्न

लक्ष्मीपुर खानेपानी उपभोक्ता संस्थाको ११ औं साधारणसभा सम्पन्न

लक्ष्मीपुर २३ चैत । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं बार्षिक साधारणसभा तथा ५ औं अधिवेशन भएको छ । झापाको अर्जुनधारा–५ र कनकाई–८ को सिमानामा कार्यालय रहेको संस्थाको आज (शनिवार) बिहीवारे बजारको टहरामा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति समेत रहनु भएका प्रमुख अतिथि थापाले खानेपानी मानिसको सवै भन्दा महत्वपूर्ण कुरा भएको र आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
स्वागत संस्थाकी कार्यसमिति सदस्य हेमकला चौधरीले गरेको कार्यक्रममा लेखा प्रतिवेदन कोषाध्यक्ष गोपालप्रसाद चुडालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उद्धव थापा, अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि), संस्थाका सल्लाहकार बृहस्पति उप्रेती, निर्वाचन समितिका संयोजक तथा भानु माविका प्रधानाध्यापक रुपक दाहाल, जग्गादाताको तर्फबाट केदार सम्शेर गिरी, सामाजिक संस्थाको तर्फबाट दहिझोडा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देवराज बुढाथोकी, महिला उपभोक्ताका तर्फबाट कनकाई नगरकी पूर्व कार्यपालिका सदस्य सुनिता सिग्देललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव केशवप्रसाद ओझाले गर्नुभएको थियो ।
सोही कार्यक्रमकाबिच संस्थाका सल्लाहकार बृहस्पति उप्रेतीले आफ्ना छोरा देबी उप्रेतीको जन्मोत्सवको अवसर पारेर गरिव तथा विपन्न बर्गका लागि खानेपानी धारा जडानका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
अर्जुनधारा–५ र कनकाई–५ को सिमानामा कार्यालय रहेको संस्थाले अर्जुनधारा–५, कनकाई–८ र ९ र बिर्तामोड–२ को केही स्थानमा खानपानी वितरण गर्दै आएको छ । संस्थामा ११६६ धारा जडान गरिएको जनाउँदै केही थप भएको र हाल ११७८ रहेको अध्यक्ष कट्वालले जानकारी दिनुभयो । जसमा अर्जुनधारा–५ मा ४७६ र कनकाई–८ र ९ मा ६९० धारा जडान भएका अध्यक्ष कटुवालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस मध्ये निम्न आय भएका १४३ घर परिवारलाई ५० प्रतिशत छुटमा धारा जडान गरिएको बताइएको छ । सो निर्णयलाई आगामी बर्ष पनि निरन्तरता दिन अध्यक्षले प्रस्ताव पेश गरेका छन् ।
संस्थाले हाल ४ जना कर्मचारी मार्फत योजनाको काम अगाडि बढाएको छ । संस्थाले कम्प्युटर, सफ्टवेयर खरिद र इन्टरनेटको ब्यवस्था गरी कार्यलाई अनलाइन मार्फत काम गराउन शुरु गरेको अध्यक्षको प्रतिवेदनमा छ । यस्तै संस्थाले हाल नयाँ सदस्य अर्थात धारा जडान गर्नेलाई १० हजार रुपैयाँ लिदै आएको र पुराना सदस्यलाई धारा जडान गर्दा संस्थालाई तिरेको रकम घटाएर धारा जडान गर्दै आएको छ । यसैगरी निम्न आय भएका परिवारलाई समितिको सिफारिसको आधारमा ५० प्रतिशत छुट र मठ मन्दिर र बिद्यालयलाई धारा जडान खर्च २ हजार ८ सय रुपैयाँ मात्र लिने साथै १० हजार लिटरसम्मको महसुल १५० र सो भन्दा माथिको प्रति युनिट थप १० रुपैयाँ लिदै आएको छ ।
संस्थाको आगामी योजना अर्जुनधारा–५ मा माग अनुसार र कनकाई–८ र ९ मा सहमतिमा पाइप बिस्तार, धारा जडान कार्यलाई निरन्तरता दिने, पानी परिक्षणलाई निरन्तरता दिने, खानेपानी जाने बाटोको स्तर उन्नतीका लागि बिभिन्न निकायसँग पहल गर्नेलगायत रहेको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नयाँ नृत्यव चयनका लागि भानु माविका प्रधानाध्यापक रुपक दाहालको संयोजकत्वमा चित्रकला ओली र रामकुमार बुढाथोकी सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको छ । निर्वाचन मण्डलले चैत २६ गतेदेखि निर्वाचन प्रक्रिया अगाडि वढाउने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लक्ष्मीपुर खानेपानी उपभोक्ता संस्थाको ११ औं साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img