तुलसीप्रसाद भट्टराई
प्याउली उपन्यास
लेखक बालिका वान्तवा
भद्रपुर झापा (हाल हङकङ)
बुबा मेघबहादुर राई र आमा रामसरी राईकी छैटौँ सन्तान एकमात्र छोरी बालिका वान्तवा द्वारा लिखित उपन्यास प्याउली मुख्य पात्र लादिप्मा जसको जीवन कथालाई प्रमुख सन्दर्भ बनाएर लेखिएको छ , नारीले आफ्नो जीवनमा भोग्नुपरेका मीठा नमीठा अनुभूतीहरूमा आधारित भएको हुँदा यस पुस्तकले सम्पूर्ण नारी जगतलाई सचेत गरेको छ र एउटा महत्त्वपूर्ण शिक्षा छरेको छ ।
उपन्यासको कथा सुरुवात नै सम्बन्ध विच्छेदबाट सुरु भएको र आजकल विश्व मानवसमुदायमा श्रीमान श्रीमतीका बिच हुनेगरेका बेमेल र अनेकौँ सम्बन्ध विच्छेदहरूलाई हेर्दा पहिला सम्बन्ध कायम नै अपरिपक्व बालसुलभ अवस्था हुँदै भएको र त्यो सम्बन्ध दीर्घकालीन नभएको भन्ने ठह¥याइएको छ कथामा । विशेषत सानै उमेरमा विद्यालय तिरको पढाइ हुँदै गर्दा नै प्रेम प्रसङ्गमा बाँधिने राम्रो सुजबुझ नभई गरिएको प्रेम र बनेको सम्बन्ध प्रायत धोकामा परिणत भएको लेखकले आफ्नो बिचारमा पोखेकी छन् ।

स्पष्ट शैली सरल बोलचाल र पात्रहरूको ठेट नेपाली पाराको संवादले कथालाई आकर्षक बनाएको छ, जीवनमा गरे भएका कथाका शिलशिलेबार प्रस्तुति र मानिसका दैनिकीमा आइपर्ने सम्पूर्ण क्रियाकलापका
विषयलाई आधार बनाएर धेरै जसो लेखकको आफ्नै जीवनमा घटित घटनालाई कथाको सार बनाएको हुँदा पुस्तक अत्यन्त सामाजिक, समसामयिक र सान्दर्भिक बन्न पुगेको छ ।
झापा पृथ्वीनगरमा जन्मनुभएको लेखकले त्यहीँको भूगोलबाट कथालाई उठान गरेर कोशीप्रदेशका प्राय सबै जिल्ला, नेपालको राजधानी काठमाण्डौँ हुँदै हङकङ र बेलायत सम्मका परिवेश, रहनसहन र चालचलनहरूलाई समेटेर तत् तत् ठाउँमा गाँसिएका कहानीहरूलाई विषय वस्तु बनाइ जोडिएका पात्रहरू छनौट गरी कथालाई थप आकर्षक बनाउनु भएको छ
२७ वटा उपशीर्षक राखिएको उपन्यास आफ्नै जीवन भोगाइका कथा ब्यथाहरूलाई आधार बनाएर सानै छदा देखि एक चतुर विद्यार्थी र विलक्षण प्रतिभा भएकी लादिप्माको प्रेम सम्बन्धले छुटेको पढाई, बुबाआमा, परिवार, ठाउँ, परिवेश र अलमलिएको जीवनबाट गर्नुपरेको सङ्घर्ष जीवनमा पाएको धोकाले दिएको शिक्षालाई उपन्यासको मूल कथा बनाइएकोले हरकोहीको आफ्नै जीवनका अनुभवलाई च्वास्स छुन्छ यस पुस्तकमा ।
हाम्रो जस्तो पुरुष प्रधान संस्कार र संस्कृति भएको मुलुकमा कुनै न कुनै हिसाबले महिला हिंसा भएको पाइन्छ । यहाँ पनि लादिप्माले गरेको प्रेम बिबाहमा परिणत भएर पनि सफल नभएको बिछोडिनु परेको आफ्नो दुबैपटकको बिबाहमा जोडिएका दुबैजना अलग अलग पुरुषहरूको व्यबहारले देखाएको एकैखाले अहंमता बडप्पनबाट कहिँ न कहिँ नारी पछाडिनु पर्ने हेपिनुपर्ने भएको देखिन्छ । यसैले लेखकको भावनामा पुरुषप्रतिको हेर्ने दृष्टिकोण घृणात्मक रहेको खुल्दछ यहाँ ।
रस अलङ्कारका हिसाबले प्याउलीलाई नियाल्दा रोमाञ्चकारी घटनाका क्षण आएका छन् लादिप्मा र प्रशान्तको बिच भएका वार्तालापका कुरा उप्मिहाङ लादिप्माका बिचका प्रेम प्रसङ्गमा चलेका कुरा निकै मजाले निख्रीएर आएको र प्रेमिल बनेको पाइन्छ कथा, हाँस्यरस कतैकतै मात्रै छुवाइएको पाइयो, रिसाउने ठाउँ प्रशस्त भएको छ कथामा, लादिप्माको सहनशीलता कति हो कति भएकोछ, डर प्रधान अभिव्यक्ति कतै कतै आएका छन्, घृणा प्रधान छ । समग्र घटनाक्रमले लादिप्मामा आएको पुरुष प्रतिको घृणा नै कथाको सार भएको पाइयो, प्रशान्तले अप्सना सँग सम्बन्ध बढाएर आफूलाई बेवास्ता गरेकोले लादिप्मामा उठेको क्रोधबाट भयानक अवस्था भएको पनि देखिन्छ, कोठामा भएको टि भि समेत फुटाएको कथाले वीर रस पनि आएको देखिन्छ सायद प्रशान्त न भागेको भए ज्यानको खतरा थियो कुनै अप्रीय घटना पनि हुन सक्ने थियो त्यो बेला कथामा, बिम्ब र प्रतिकात्मक उदाहरणहरूको प्रयोग राम्ररी गरिएको छ, भाषाको प्रयोग मातृभाषा राई वान्तवा भाषाको पनि प्रयोग गरिएको र बोलीचालीमा प्रश्नोत्तरबाट बुझ्नुपर्ने र बुझिने गरी लेखिएको संवाद आफैमा आनन्ददायी छ । गीतिकथा झै कताकता विभिन्न गीतहरूको प्रसङ्ग जोडिएको बिच बिचमा अत्यन्तै मीठा र गहन कविताहरू पनि कथा सँग मिलाएर राखेको हुँदा उपन्यास अति नै आकर्षक बनिएको छ
विशेषत किशोरावस्थाका बालबालिकालाई आफ्नो भविस्य कसरी बनाउन सकिन्छ कसरी ब्यबहारिक बन्न सकिन्छ भन्ने मूल शिक्षा बोकेको यो उपन्यास नेपाली साहित्यको एक महत्वपूर्ण दस्तावेज बन्नसक्ने अनुमान गर्न सकिन्छ, पठनीय छ, सङ्ग्रहनीय छ र समग्र मानव समुदायको लागि उत्प्रेरक छ । अन्त्यमा लेखकको उज्ज्वल भविस्यको कामना सहित कलम बिसाउछु धन्यवाद, जय साहित्य । बिर्तामोड ५ झापा