Homeसमाचारराष्ट्रसेवक बचत तथा ऋण सहकारीको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

भद्रपुर १८ चैत्र । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले संस्थाको २६ औ स्थापना दिवसको सन्दर्भमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सहकारीको समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भद्रपुर ९ मा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई सोमबार विद्यालयमा आयोजित कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो ।
सहकारी अध्यक्ष वशिष्ठ अधिकारी , कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाइसहितको टोलीले विद्यार्थीलाई ३० हजार मूल्य बराबरको शैक्षिक सामग्री विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नुतन पौडेल प्रधानाध्यापक निर्मला पौडेललाई हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले सहकारीको आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्वको क्षेत्रमा छुट्टयाउने सहकारीको नियम अनुसार सोही नीति अनुरुप कार्य गरेको बताउनुभयो । उहाले सहकारीमा फैलाउने गलत अफवाहका कारण सहकारिको बदनाम गरिएको बताउदै संचालकहरुले सहि कार्य गर्न नसकेका कारण सहकारीको बद्नाम भएको स्पष्ट पार्नु भयो ।
सो अवसरमा सामग्री हस्तान्तरण गर्ने सहकारी परिवार प्रति व्यवस्थापन समित अध्यक्ष नुतन पौडेलले धन्यवाद प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरागाई नेपाल निजामती कर्मचारी संगठन झापाका निवर्तमान अध्यक्ष केदार पोखरेल, भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम दाहाल लगायतले मन्तव्य राख्दै सहकारीले प्रदान गरेको सो सामग्रीले विद्यार्थी वर्गलाई थोरै भए पनि राहत पुग्ने बताउनुभयो ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नवराज पोखरेलले र स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक पौडेलले गर्नु भएको थियो । सहकारीले आजै रक्तदान ,जेष्ठ नागरिक सम्मान लगायतका विविध कार्यक्रम गरि स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्रसेवक बचत तथा ऋण सहकारीको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img