Homeसमाचारनेपाल सांस्कृतिक महासंघलाई पालिकासम्म विस्तार गर्न आग्रह

नेपाल सांस्कृतिक महासंघलाई पालिकासम्म विस्तार गर्न आग्रह

विर्तामोड २१ चैत । नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न आग्रह गर्नुभएको छ ।
नेपाल सांस्कृतिक महासंघ झापाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थेवेले झापामा चारतारे सांस्कृतिक समूह गठन गर्दाको इतिहास सम्झदै प्रत्येक पालिका तहमा संगठन बिस्तार गर्न आग्रह गर्नुभएको हो ।
पालिका तहमा संगठन नहुँदा कला, संस्कृति क्षेत्रका लागि पालिकामा छुट्ट्याइएको बजेट फ्रिज हुने अवस्था रहेको बताउँदै उहाँले योजना बनाउँदा पालिका तहबाट बजेट बढाउन सकिने आश्वासन दिनुभयो । संगठन बिस्तार र सक्रियताका लागि पार्टीले सबै प्रकारको सहयोग गर्ने सभापति थेवेले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थ थापाले सांस्कृतिक क्षेत्रमा लगानी नगरेसम्म मुलुक समृद्ध नहुने धारणा राख्दै पालिका तहमा छुट्याइएको बजेट उपयोग गर्न मातहतका समितिलाई आह्वान गर्नुभयो । २००८ सालमा बि. पी. कोइरालाको नेतृत्वमा नेपाल सांस्कृतिक परिषद गठन भएको जानकारी दिंदै उहाँले त्यसबेला सचेतना अभिबृद्धिको मुख्य माध्यम गीत, संङ्गीत नै रहेको बताउनुभयो ।
नेपाल सांस्कृतिक महासंघका महासचिव शिवशंकर रिजाल (जोगिन्दर)ले हरेक जातजातिको संस्कृती उत्तिकै महत्वपूर्ण रहेको बताउँदै कला संस्कृतिको संरक्षणले देश समृद्ध हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सदस्य सरस्वती सिटौला, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नम्बर–१ का सभापति इन्द्र बुढाथोकी, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य डीकबहादुर बुढाथोकी , दीपक उप्रेती, बालकृष्ण निरौला, सरिता राई, बाग्मती प्रदेश सभापति राजेन्द्र के सी, कोशी प्रदेश सभापति चिरञ्जीवी बस्नेत, बाग्मती प्रदेशका महासचिव प्रभाकर देब शर्मा, टङ्क बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
खड्ग रायमाझी, सन्तोष रायमाझी, अनिसा गणेश, लिरिक्स राज्यलक्ष्मी पौडेल, हरीप्रसाद काफ्ले लगायतले गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत अनुरोध नेपालले गर्नुभएको थियो ।
नेपाल सांस्कृतिक महासंघ झापाका अध्यक्ष किरण शिवाकोटीको सभापतित्वमा सप्पन्न कार्यक्रमको सञ्चालन मिनु ओलीले गर्नुभएको थियो ।
कार्यक्रमका अधिकांश बक्ताहरुले कला र संस्कृतिमार्फत समाज रुपान्तरण सहज हुने, मानिसहरुलाइ छिट्टै आकर्षण गर्न सकिने बताउँदै कलाकर्मीहरुको सम्मानका लागि राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्ने धारणा राखेका थिए ।
यसैबीच महासंघको तेस्रो जिल्ला अधिवेशनले कुमार सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा गोमा नेपाल, सचिवमा मनोज नेपाल, सहसचिवमा अनिसाकुमारी गणेशलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा हरिप्रसाद काफ्ले, कुमार सुब्बा, दीपक खतिवडा, अम्बिका ओझा, इन्द्रप्रसाद कडरिया, मनिषा घिमिरे, अनिता पौडेल, भक्ति सिटौला, सुरेश थिङ्ग, आकृति पौडेल, सर्जन गहतराज, टिकेन्द्र खनाल, मनमाया संग्रौला, सृष्टि आचार्य, सञ्जय शिवाकोटी, कनकसिंह राजवंशी र राजीव थापा रहनुभएको छ ।
अधिवेशनले किरण शिवाकोटी, पुनितकुमार बंशल, मिलनकुमार ढुङ्गाना, अग्निप्रसाद राई, रमेश धमला, कल्पना राई, दिपा खरेल, रोहित नेपाल र टंक ढकाललाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा नविनराज भट्टराई, अर्जुन खरेल, जितेन्द्र श्रेष्ठ, विनोद अधिकारी, निरज पोखरेल, मनोज नेपाल, अम्बिका मिश्र, अग्नेश दाहाल, रमेश चौधरी, कौशल भण्डारी, सुनिल भण्डारी, तारा ढकाल, रेनुका गौतम र भावना लुइटेल चयन हुनुभएको छ ।
अधिवेशनले टंक विश्वकर्माको संयोजकत्वमा हस्त परियार, खड्ग रायमाझी, अर्जुन तिम्सिना, अनिरुद्र ओली, तुलसी ओली, उमाकान्त बास्तोला, कृष्णप्रसाद पौडेल, सन्तोष रायमाझी र लक्ष्मी भण्डारीलाई सल्लाहकार सदस्यमा चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
निर्वाचित सबैलाई प्रमुख अतिथि एवं अतिथिहरुले खादा माला लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल सांस्कृतिक महासंघलाई पालिकासम्म विस्तार गर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img