राजसंस्था पुर्नस्थापनाका लागि शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भिडियो खिच्नका लागि कार्यक्षेत्रमा खटिएका पत्रकार सुरेस रजकको मत्युका कारण शनिबार देशभरका पत्रकार आन्दोलित भए ।

पत्रकार रजकको हत्यामा संलग्नको छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्दै पत्रकारहरु सडकमा उत्रिएका हुन् । आन्दोलनकै क्रममा सञ्चार माध्यमाथि, सञ्चार गृहमाथि भएको तोडफोड र अराजक गतिविधि विरुद्ध सुरक्षाको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोही क्रममा झापामा पनि नेपाल पत्रकार महासंघ झापाको नेतृत्वमा झापाली पत्रकारहरु सडकमा उत्रिएका छन् । विभिन्न नारासहित बिर्तामोडमा निकालिएको विरोध र्यालीमा पत्रकारसहित अन्य विभिन्न अधिकारवादी तथा पेशागत संघ संस्थाको समेत उपस्थिति रहेको थियो ।



















